फुट्सल टुर्नामेन्टमा दी इन्साइट भिजनलाई उपाधि

वि.सं.२०७९ वैशाख १६ शुक्रवार

काठमाडौं बैशाख १६ गते । इस्टडी हव ग्लोबल कन्सलट्यान्सी र डुकु फुट्सलको संयुत्त प्रयासमा प्रथम फुट्सल टुर्नामेन्ट २०७९ सम्पन्न गरेको छ ।
डुकु फुट्सलको मौदानमा खेल बिहान १० बजे देखि ६ बजे सम्म सम्पन्नको थियो । खेललाई लिग चरणमा खेलाइएको थियो।
सो टुर्नामेन्टमा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई सहभागिता रहेको थियो । यस टुर्नामेन्टमा १७ ओटा टिमले सहभागीता जनाएका आयोजकले जानकारी दिएको थिए ।
उक्त खेलमा दी इन्साइट भिजन प्रथम र जया मलटिपल कलेज दोस्रो भएको थियो ।
प्रथम टिमलाई नगद १ लाख र दोस्रो हुनेले ५० हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम आयोजकको भनाई छ ।
प्रकाशित समय : ०४:४२ बजे