नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा पुन: देवेन्द्र

वि.सं.२०७९ वैशाख २२ बिहीवार

काठमाडौं , बैशाख २२ । गते नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को अध्यक्षमा पुनस् दुर्गानाथ सुवेदी (देवेन्द्र ) निर्वाचित भएका छन् ।बुधबार भएको एनएसजेएफको १७ औं वार्षिकबाट सुवेदी आगामी तीन वर्षका लागि फेरि अध्यक्षमा निर्वाचित भएका हुन् ।
मञ्चका कुल सदस्य १०० जना रहेकामा नेपालमा उपलब्ध भएका ९८ सदस्य मध्येबाट ९४ मत खसेको थियो । अनिलले ६८, निशानले ६५ र कुशलले ५३ मत प्राप्त गरे । सदस्यका अर्का प्रत्यासी सन्जिव शाहले २८ मत पाए । सुवेदीले ५८ मत प्राप्त गरे ।
अध्यक्षका अर्का प्रतिस्पर्धी प्रकाश तिमल्सिनाले ३३ मत प्राप्त गरे ।महिला सदस्यमा विजयी मुनाले ६२ मत प्राप्त गरिन् । अर्का प्रत्यासित लक्ष्मी जिसीले ३१ मत प्राप्त गरिन् ।
खुला सदस्यमा निशाल राई, अनिल मल्ल ठकुरी र कुशल तिमल्सिना निर्वाचित भए । महिला सदस्यमा मुना कार्की निर्वाचित भईन ।
यस्तै प्रथम उपाध्यक्षमा निरन्जन अधिकारी, उपाध्यक्षमा सन्जिव शिल्पकार र गोविन्द रेग्मी, महासचिवमा प्रज्वल ओली, सचिवमा अन्जन खड्का र कोषाध्यक्षमा सुजन श्रेष्ठ निर्विरोध निर्वाचित भए ।
प्रकाशित समय : ०६:४७ बजे