निर्देशक बिजय मगरको “ तिम्रो लागि ” बोलको म्युजिक भिडियो बजारमा

वि.सं.२०७९ मंसिर ९ शुक्रवार

काठमान्डौ । निर्देशक बिजय मगरको “ तिम्रो लागि ” बोलको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ ।
फोर बि.पिक्चर र दामी क्रिएसन द्वारा संयुक्त प्रस्तुती रहेको यस गीतको म्युजिक भिडियोमा अर्जुन खड्का र भावना मगरको अभिनय देख्न सकिन्छ ।
म्युजिक भिडियोमा मनोज खड्काको स्वर रहेको छ भने अजुको शब्द तथा संगीतमा रहेको छ ।
उक्त भिडियोको छायांकन सनम तामाङले गरेका हुन् भने संपादन अर्जुन खड्काले गरेका हुन् ।
काठमाडौं उपत्यकामा नै छायांकन गरीएको उक्त म्युजिक भिडियोले दर्शकहरुको मन जित्ने सफल हुने कुरामा ढुक्क रहेको निर्देशक मगरले बताउनुभएको छ ।
“ तिम्रो लागि ” बोलको गीतको म्युजिक भिडियो एज अजु युट्युब च्यानलबाट सार्वजनिक भएको छ।
प्रकाशित समय : १०:४४ बजे