नेपाली काङ्ग्रेस बूढानीलकण्ठ ९ को इकाई सभापतिमा शंकर आचार्य निर्वाचित

वि.सं.२०७८ असोज १४ बिहीवार

काठमाडौं । असोज १४ गते
नेपाली काङ्ग्रेस बूढानीलकण्ठ नगरपालिका वडा नं ९ को वडा अधिवेशन सर्वसम्मत सम्पन्न भएको छ।
अधिवेशनबाट नेपाली काङ्ग्रेस बूढानीलकण्ठ ९ को इकाई सभापतिमा शंकर आचार्य निर्वाचित भएका छन्।
उनलाई नेपाली काङ्ग्रेसका प्रखर नेता दिव्यमणि राजभण्डारीले निर्वाचित प्रमाणपत्र प्रदान गरेका थिए।
उक्त अधिवेशनबाट उपसभापतिमा रामबाबु घिमिरे र पदमबहादुर महत क्षेत्री सचिवमा पेम्बादोर्जे शेर्पा र शान्ती पाण्डे, सह सचिवमा शशिकुमार खड्का र समुन्द्रराज अधिकारीलाई निर्वाचित भएका छन्।
त्यस्तै सदस्यमा सरस्वती रेग्मी पौडेल,कुमा श्रेष्ठ, अनिल श्रेष्ठ, आत्माराम खत्री केसी, अशोक श्रेष्ठ , बसन्त परियार, शुभद्रा खत्री, रमेशकुमार गौतम, राजेन्द्र लुइँटेल, राजेश ढकाल, विजय शाही, निर्मला आचार्य पौडेल, सुम्निमा न्यौपाने खड्का, राधादेवी खड्का, रजनी श्रेष्ठ, अन्जु धौबडेल, बिरबहादुर तामाङ र ज्ञानुदेवी कलाखेती निर्वाचित भएका छन्।
प्रकाशित समय : ०१:३२ बजे