नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान

वि.सं.२०७८ मंसिर २२ बुधवार

काठमान्डौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ ।
बुधबार एक सूचना जारी गर्दै मन्त्रालयले टेलिकमको विज्ञापन आह्वान गरेको हो । हाल नियुक्त रहेका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको कार्यकाल आउँदो पुस २२ गते सकिने हुँदा सरकारले नयाँ प्रबन्ध निर्देशक नियुक्तिको लागि प्रक्रिया अगाडि बढाएको छ।
प्रबन्ध निर्देशक पदका लागि कम्तिमा तीन वर्षदेखि १२ वर्षको कार्यअनुभव भएको हुनुपर्ने छ । आवेदन पुस ७ भित्र दिन सकिनेछ ।
प्रकाशित समय : ०३:५८ बजे