नेपाली सेनाले २२९ जनालाई जागिर खुल्यो

वि.सं.२०७९ भदौ ३१ शुक्रवार

काठमान्डौ । नेपाली सेनामा सहायक सेनानीका लागि २२९ जना लाई जागिर खुलेको छ । गोरखापत्रमा सूचना निकालेर सेनाको भर्ना छनोट निर्देशनालय जंगी अड्काले अधिकृत सहायक सेनानीको माग गरेको हो । खुला तथा समावेशी प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने सेनाले जनाएको छ । सेनाको वेबसाइटबाट फारम डाउनलोड गरी भर्ना केन्द्रमा १० रूपैयाँको टिकट टाँसेर आवेदन भर्न सकिने छ ।
काठमाडौंस्थित स्वयम्भू बारूदखाना परिसर, इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टर, महोत्तरी, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र कैलालीबाट पनि आवेदन फारम भर्न सकिने निर्देशनालयले जानकारी दिएको छ।
आवेदन दस्तुर एक हजार लाग्नेछ । प्रमाणपत्र तह वा सो सरह पास गरेकाले अधिकृत क्याडेटका लागि आवेदन दिन सक्नेछन् । पुरूषका हकमा ५ मिट ३ इन्च र महिलाका हकमा ५ फिट उचाइ हुनुपर्नेछ।
प्रकाशित समय : ०४:४६ बजे