नेपाली कामदार जापान लैजानका लागि संयुक्त बैठक बस्दै , सुरुमा ८ सय ५० जना जाने

वि.सं.२०७९ साउन १९ बिहीवार

काठमान्डौ । जापानी भाषा र सीप परीक्षा उत्तिर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया टुंगो लगाउन संयुक्त समितिको बैठक आज बस्दैछ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजिव पोखरेल र जापान सरकारकातर्फबाट सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वको प्रतिनिधि मण्डलको संयुक्त बैठक आज बस्न लागेको हो ।
बुधवार मन्त्रालयले बिज्ञप्ति जारी गरी भाषा र सीप परिक्षामा उत्तिर्णलाई सीपयुक्त श्रमिक कोटावाट जापान पठाउने अन्तिम तयारी भएको जनाउँदै बिहिबार संयुक्त बैठक बस्ने जानकारी दिएको थियो । सो प्रणाली अन्तर्गत कृषि, मत्यस्यपालन, औद्यगिक क्षेत्र, होटेल तथा रेष्टुरेन्ट, पर्यटन, निमार्ण, नर्सिङ र केयरिङलगायत १४ वटा क्षेत्रमा भाषा र सीप परिक्षा उत्तिर्ण भएका नेपालीले काम गर्न पाउने छन् ।
प्रकाशित समय : ०६:४८ बजे