back

के राजा गद्दीमा नहुनु नै गणतन्त्र हो र ?

शूरवीर पौड्याल

आजकाल सामाजिक संजालमा गणतन्त्रलाई दोषारोपण गरेर थुप्रै पोष्टहरु आएका हुन्छन् मानौं आज देशमा देखिएका थुप्रै बेथितिको एउटा मात्रै जड गणतन्त्र र संघीयता हो । हिजोको पंचायती र राजतन्त्रात्मक शासन व्यवस्थामा अमनचयन थियो, सबै खुसी र सुखमा थिए । त्यसो कदापि होइन, पंचायतमा पनि थुप्रै बेथिति थियो र मानिसहरुमा उकुसमुकुस थियो । अहिले पनि पंचायत भोगेर आएका हामीजस्ता थुप्रै मानिसहरु ज्यूँंदै छन् । अन्याय अत्याचार र व्यापक असन्तोष थियो । राजदरबारका मानिसहरु र तिनका आसेपासेहरु भ्रष्टाचार र कुशासनमा संलग्न थिए । बहुदलीय व्यवस्था आउँदा मानिसहरु खुसी थिए । किनकि बहुदलीय शासन व्यवस्थामा कानुनको शासन हुन्छ आफूले रोजेका नेताहरुले शासन गर्छन् र पंचायतकालीन बेथिति सबै रोकिन्छ, देशमा सुशासन र विकास आउँछ, हाम्रो देश पनि अमेरिका, जापान, क्यानाडाजस्तो विकसित हुन्छ भन्ने थियो । पढालिखाहरुले बुझेका थिए ती देशहरुले अपनाएको राजनीतिक व्यवस्था नै हामीले पनि अपनाएका थियौं, २०१७ मा बलात् खोसिएको प्रजातन्त्र नेपालमा फर्किएर आएको थियो । पंचायती व्यवस्थाले अल्पविकास ल्यायो बहुदलीय व्यवस्थाले सुशासन र तीव्र विकास ल्याउँछ । मानिसहरुमा नयाँ उत्साह, उमंग र जाँगर उर्लिएर आएको थियो । त्यस समय बहुदलीय नेताहरु देवतुल्य पूजनीय लाग्थ्यो, उनीहरुका लामो अथक संघर्ष, जेलनेल, प्रवास निर्वासन, त्याग बलिदान र तपस्याको अनेकौ गाथाहरु सम्झेर सुनेर उनीहरुको अघि शिर त्यसै त्यसै निहुरिन्थ्यो ।

एकथरि मान्छेहरु भन्छन्– पंचायत र राजतन्त्र गएर बहुदलीय व्यवस्था फर्किनुमा बाह्य कारण नै प्रमुख हो । यस पंक्तिकारलाई भने बाह्यशक्ति नै प्रमुख कारण हो भन्ने लाग्दैन । निश्चित रुपमा देशभित्रको आन्तरिक असन्तोष नै बहुदलीय व्यवस्था फर्किनु र राजतन्त्र जानुको प्रधान कारण थियो र बाह्य हस्तक्षेप सहायक कारण थियो । तर पनि यी दुबै परिवर्तनको पटाक्षेपमा निर्णायक भूमिका छिमेकी भारतको रहेको पाइन्छ । त्यतिमात्रै किन मधेश आन्दोलन र २००७ को परिवर्तनमा पनि आन्तरिक कारण नै प्रमुख रहेको थियो र भारतको सहयोगी भूमिका रहेको जगजाहेर छ ।

मतमतान्तर हुनस्रक्छ तर धरातलीय यथार्थ यही नै हो ।

२०४६ सालको परिवर्तनले नयां संविधान दियो, मजस्तालाई निर्धक्कसँग बोल्ने लेख्ने अधिकार दियो । आफूले चाहेको उम्मेदवारलाई भोट खसाल्ने मताधिकार पनि दियो, चाहेमा आफै उम्मेदवार हुने अधिकार पनि दियो। ८० को दशकको उत्तरार्धमा प्रारम्भ गरेको उदारीकरणलाई अरु विस्तार गरेर उपभोक्तालाई विभिन्न थरि वस्तुहरु छनौट गर्ने अवसर पनि दियो, देशभित्र अनेक थरी विदेशी वस्तुहरु भित्रिन थाले। विदेशी डिपार्टमेन्टल स्टोरहरुमा पाइने वस्तुहरु खरिदबिक्री निम्ति काठमाडौंमा सुपर स्टोरहरु स्थापना भए ।

वैदेशिक रोजगारी खुला गरियो र रेमिट्यान्स ओइरिन लाग्यो । यसले विदेशी मुद्राको दुस्ख भएन यसको आडमा जतिपनि विदेशी उपभोग्य सरसामानहरु झिकाउन सकिने भयो । पंचायतकालमा हङकङ बैंककको तैयारी पोशाकमा सीमित काठमाडौंको विदेशी आयातमा विविधिकरण भएर समुन्द्रपारिसम्म विस्तार भयो । विकासे अड्डाहरु अर्थात् विदेशी र स्वदेशी आइएजीओको संख्या अचानक बृद्धि भयो । हवाइ यातायात, शिक्षा र स्वास्थ्य आदि क्षेत्रहरुमा पनि निजी क्षेत्रको लगानी खुला गरियो । लगानी बढेसंगै आर्थिक बृद्धिमा बढोत्तरी हुनु स्वभाविक थियो भयो, तर योसँगै पंचायतकालीन वेथितिमा विस्तार भयो, सार्वजनिक संस्थानको निजीकरणलगायतका कैयौ निर्णयहरुमा बहुमतीय नेपाली कांग्रेस दलका गिरिजाप्रसाद सरकारले नीतिगत भ्रष्टाचार गर्यो । हिजोका त्यागी कांग्रेसका नेताहरु भ्रष्टाचार गरेर खुलेयाम रुपमा सम्पत्ति आर्जन गर्नतिर लागेको देखियो ।

चैतेहरुको प्रवेश कांग्रेसमा गिरिजाले गराए र पुराना नेता कार्यकर्ताहरुलाई अपमानित गरे । कांग्रेसभित्र ७४ र ३६ को विभाजन भई दुई उपदल निर्माण भएको देखियो । अल्पमतलाई छत्तिसे भनियो । सुशासन र विकासको आशामा बसेका जनता निराश भए । असन्तोष फैलियो, कांग्रेसकै सच्चा प्रजातन्त्रवादी कांग्रेसी नेताको चित्त कुँडियो र उनीहरुले गिरिजालाई प्रधानमन्त्री पदबाट राजीनामा दिन पहिले त दबाब दिए त्यसपछि केही नलागेपछि आफै पलायन भए ।

हिजो पंचायती व्यवस्थाविरुद्ध सँगसँगै जेलनेल खाएका मन्त्री हुन नपाएकाहरुले खिचलो निकाल्न थाले । किनकि उनीहरुका पनि घरपरिवार थिए, आर्थिक संकट उनीहरुको परिवारमा पनि थियो । फलतः नेपाली कांग्रेस आन्तरिक झगडामा फँस्यो । प्रधानमन्त्री गिरिजाप्रसादले आफ्नो दलको सुविधाजनक बहुमत भएको संसद विघटन गरे र आफ्नो दलभित्रको झगडा उत्कर्षमा पुगेका समयमा मध्यावधि निर्वाचनमा गए । निर्वाचन परिणामले एमालेलाई सबैभन्दा ठूलो दल र नेपाली कांग्रेसलाई दोस्रो दलमा खुम्चिने बनायो । मध्यावधि चुनावअघि नै गिरिजाको कुशासन र कांग्रेसी झगडाले ल्याएको बढ्दो अन्योल र असन्तोषले ल्याउने सभ्भावित राजनीतिक अस्थिरतालाई आँकलन गरेर जनमत संग्रहमा बहुदललाई भोट हालेको चौम नामक कम्युनिष्ट दलको एउटा सानो घटक जनयुद्धमा होमिएको थियो ।


कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना, ४ जनाको मृत्यु

कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना, ४ जनाको मृत्यु

वि.सं.२०७९ कात्तिक ५ शनिवार ०३:२५

  काठमाडौं, ५ कात्तिक । कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक...

महेश बस्नेतलाई काठमाडौंको विषयमा बोल्ने अधिकार छैन – यज्ञमणि न्यौपाने

महेश बस्नेतलाई काठमाडौंको विषयमा बोल्ने अधिकार छैन – यज्ञमणि न्यौपाने

वि.सं.२०७९ भदौ १७ शुक्रवार ०५:२२

https://www.facebook.com/presschautara/videos/823034082035954

मेयरलाई असफल बनाउने काम गर्नु हुँदैन – कमल थापा

मेयरलाई असफल बनाउने काम गर्नु हुँदैन – कमल थापा

वि.सं.२०७९ साउन ३१ मंगलवार ०६:१०

काठमान्डौ । रष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले फोहोर...

नागरिकता विधेयक कति ठिक कति बेठीक – अधिवक्ता यज्ञमणी न्याैपाने

नागरिकता विधेयक कति ठिक कति बेठीक – अधिवक्ता यज्ञमणी न्याैपाने

वि.सं.२०७९ साउन १६ सोमवार ११:०२

https://www.facebook.com/presschautara/videos/1501156370339829

बाराको सिमरा विमानस्थलको दैनिक उडान सेवा समयमा कटौती

बाराको सिमरा विमानस्थलको दैनिक उडान सेवा समयमा कटौती

वि.सं.२०७९ जेठ २० शुक्रवार ०१:३५

काठमाडौं । जेठ २० गते बाराको सिमरा विमानस्थलबाट यही जेठ...

चटक्कै छोड्न सक्छु न चित्तै बुझाउन, रघे लुवारको आरन अनुभव

चटक्कै छोड्न सक्छु न चित्तै बुझाउन, रघे लुवारको आरन अनुभव

वि.सं.२०७९ वैशाख १९ सोमवार ०८:१६

काठमाडौं। बैशाख १९ गते आगोको रापले गाला रातै छन् ।...