back

लगानी रकम घट्दै गए पनि किन बढ्दैछ हाइड्रोपावरको संख्या ?

सरकारले निजी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको र उद्योगमा लगानी गर्ने अवसर सृजना भएको बताइरहँदा उद्योग स्थापनामा भने आकर्षण देखिएको छैन ।

गतवर्षको तुलनामा उद्योेग विभागमा दर्ताको भएको नयाँ उद्योग संख्या र कुल पूँजी विश्लेषणका आधारणमा सरकारको आकर्षक नाराले उद्योगमा लगानी क्रम प्रभाव नपरेको देखिएको हो । गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा दर्ता हुने हाइड्रोपावरको संख्या वृद्धि भए पनि लगानी रकम भने एकदमै कम देखिएको छ ।

उद्योग विभागका अनुसार चालु आर्थिक (२०७८/७९) वर्षको पहिलो महिना (साउन)मा ६ वटा दर्ता हाइड्रोपावरमा भएका छन् । जुन संख्या आर्थिक गत आवकोभन्दा एउटाले धेरै हो गत आवको साउनमा ५ वटा हाइड्रोपावरमा दर्ता भएका थिए ।

चालु आर्थिक वर्षमा द र्ता भएका ६ वटा हाइड्रोपावरमा कुल ८ अर्ब ५३ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । जबकी गत वर्षको सोही अवधिमा दर्ता भएका ५ वटा हाइड्रोपावरमा कुल ३० अर्ब ३५ करोड लगानी प्रतिबद्धता आएको थियो । यो चालू आवमा आएको प्रतिबद्धता रकमभन्दा २२ अर्बले बढी हो ।

 

गत वर्ष लगानीकर्ताले ठूला आयोजनामा लगानी गरेको देखिए पनि चालू आवमा साना आयोजनामा लगानी गरेको देखिन्छ ।

विभागका अनुसार चालु आवमा इष्ट सोलारमा ६० करोड ५० लाख, बुटवल पावर कम्पनीमा (चिनिखोला जलविद्युत् आयोजना) १ अर्ब २९ करोड ६३ लाख ५७ हजार ६०४, हिमालयन इन्जिनियरिङ् एण्ड इनर्जीमा ४४ करोड १२ लाख ६४ हजार ४४७, पुवाखोला-१) हाइड्रोपावर (आयु मलुन जलविद्युत् आयोजना) मा ३ अर्ब ८१ करोड ५० लाख, भदौली खोला हाइड्रोपावरमा ४७ करोड ६१ लाख र हिमाली हाइड्रो फण्डमा १ अर्ब ९० करोड गरी कुल ८ अर्ब ५३ करोड ३७ लाख २२ हजार ५१ रुपैयाँ लगानी प्रतिबद्धता आएको हो ।

 

गत आर्थिक वर्षमा ऊर्जामूलक क्षेत्रमा ३० नयाँ उद्योग दर्ता भएका थिए । सो विद्युतीय उद्योगहरु १ खर्ब ९ अर्ब ९७ करोड रुपैयाँ स्वदेशी लगानीमा उत्पादन गरिने गरी दर्ता भएका थिए । ती उद्योगहरु सञ्चालनमा आएपछि कुल १ हजार ५ सय ७ जनाले रोजगार पाउने अनुमान गरिएको थियो । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ मा १५ सय विद्युत उत्पादन वृद्धि गर्ने लक्ष्य राखेको छ ।


यस्तो छ आजको विनिमयदर, डलर कमजोर बन्दा बलियो बन्यो नेपाली मुद्रा

यस्तो छ आजको विनिमयदर, डलर कमजोर बन्दा बलियो बन्यो नेपाली मुद्रा

वि.सं.२०७९ मंसिर १३ मंगलवार ०५:०७

काठमाडौं, १३ मंसिर।  मंगलबार नेपाली मुद्राको अधिमूल्यन भएको छ ।...

माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो नियुक्त

माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो नियुक्त

वि.सं.२०७९ मंसिर १३ मंगलवार ०३:४८

काठमाडौं। माछापुच्छे बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका...

सुपर मादी हाइड्रोपावरले मंसिर २० गतेबाट आईपी‌ओ खुलाउँदै

सुपर मादी हाइड्रोपावरले मंसिर २० गतेबाट आईपी‌ओ खुलाउँदै

वि.सं.२०७९ मंसिर १३ मंगलवार ०३:२९

काठमाडौं, १३ मंसिर । सुपर मादी हाइड्रोपावर लिमिटेडले मंसिर २०...

रेल्वे कम्पनीले कर्मचारी भर्ना खुलायो, चालकदेखि टेक्निसियनसम्म १० जना माग

रेल्वे कम्पनीले कर्मचारी भर्ना खुलायो, चालकदेखि टेक्निसियनसम्म १० जना माग

वि.सं.२०७९ मंसिर ११ आइतवार ०३:०५

काठमाडौं, ११ मंसिर।  नेपाल रेल्वे कम्पनी लिमिटेडले प्राविधिक कर्मचारीहरूको भर्ना...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर 

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर 

वि.सं.२०७९ मंसिर ११ आइतवार ०२:४०

काठमाडौं, ११ मंसिर । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको...

कोरियामा कामदार पठाउन हवाई टिकट छाप्‍ने सरकार तयारी

कोरियामा कामदार पठाउन हवाई टिकट छाप्‍ने सरकार तयारी

वि.सं.२०७९ मंसिर ९ शुक्रवार ०३:१८

 काठमाडौं, ९ मंसिर । सरकारले नेपाली कामदारलाई कोरिया पठाउन हवाईटिकट छाप्ने...