आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा गिरावट, कति पुग्यो तोलाको ?

वि.सं.२०७८ भदौ १६ बुधवार

काठमाडौं । भदौ १६ गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा २ सय रुपैयाँले गिरावट आएको छ । आज सुनको मूल्य तोलामा २०० रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले सस्तिएको हो ।
योसँगै गत मंगलबार बजारमा प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघे जनाएको छ । चाँदी एक हजार १९५ रुपैयाँ कायम भएको छ । त्यस्तै आज आज तेजाबी सुनको मूल्य समेत आज बुधबार गत मंगलबारको मूल्यमा तोलामा २०० रुपैयाँले सस्तिदै ९० हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित समय : ०५:५९ बजे