आज शेयर बजार नेप्से परिसूचक करिब साढे १ अंकले बढ्यो

वि.सं.२०७८ भदौ १६ बुधवार

काठमाडौं । भदौ १६ गते
आज शेयर बजार नेप्से परिसूचक करिब साढे १ अंक बढेको छ । आज यस दिन सो सेसनमा १.४५ अंक बढेर २९७७.२९ विन्दुमा पुगेको छ । मंगलबार नेप्से ६९.०५ अंक घटेर २९७५.८४ विन्दुमा झरेको थियो । उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.११ अंक घटेको छ ।
प्रि.ओपन सेसनमा ३० कम्पनीको शेयर खरिदबिक्री भएको छ ।जसमध्ये १० कम्पनीको शेयरमूल्य बढेको छ भने ९ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ११ कम्पनीको शेयर यस दिन सो सेसनमा स्थिर रहेको छ।
प्रकाशित समय : ०६:१६ बजे