back

आफूले व्यक्ति भन्दा पनि मुलुकलाई फाइदा हुने गरी निर्णय लिएको अर्थमन्त्री शर्माको तर्क

काठमाडौं । असोज ३ गते
नेपालमा बजेट बनाउने प्रणाली नै डरलाग्दो रहेको अर्थमन्त्री जनार्दन शर्माको भनाई छ । उहाँले अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटमा करीब ३ प्रतिशत हाराहारी मात्रै चलाउने क्रममा यस्तो डरलाग्दो तथ्य भेटाएको बताउनु भएको छ ।

अर्थमन्त्री शर्माले देशलाई कति सडक चाहिने हो, कुन सडक कति लेनको हुनुपर्ने हो, यसको कुनै मानक नभेटिएको जिकिर गर्नु भएको छ । जो सत्तामा आयो, त्यसले आफ्नै मनमौजी तरिकाले सडकमा बजेट हाल्ने गरेको पाइएको उहाँको भनाई छ । उहाँले आफूले सबै मन्त्रालयका सचिवलाई पुँजिगत खर्च नहुनुको कारणबारे सोध्दा ‘चाहिने ठाउँमा बजेट नभएको र नचाहिने ठाउँमा बजेट हालेका कारण खर्च नभएको’ उत्तर पाएको जानकारी दिनु भएको छ ।

अनौपचारिक अर्थतन्त्रलाई औपचारिक प्रणालीमा ल्याउँन खोज्दा सरकारी संयन्त्रले नै नमानेको भन्दै उनले वातावरण सहज बनाउनु भन्दा ढोका नै बन्द गर्ने प्रचलन सरकारी संयन्त्रको रहेको उहाँले बताउनु भएको छ ।

नेपाललाई राष्ट्रिय–अन्तर्राष्ट्रिय लगानीको खाँचो रहेको भन्दै सोही अनुसारको प्रणालीको विकास गर्न आवश्यक रहेको उहाँको भनाई छ । उहाँले रोजगारी सिर्जनाका लागि मुलुक भित्र उद्योग–धन्दा खोल्नु पर्ने भन्दै त्यसको पक्षमा निर्णय लिँदा कतिपयलाई घाटा पर्न सक्ने बताउनु भएको छ । आफूले व्यक्ति भन्दा मुलुकलाई फाइदा हुने गरी निर्णय लिएको उहाँको तर्क छ ।


सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ–बाबुराम भट्टराई

सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ–बाबुराम भट्टराई

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:३५

काठमाडौं, १४ मंसिर । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकाका...

बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज निर्वाचन आयोगको बैठक बस्दै

बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज निर्वाचन आयोगको बैठक बस्दै

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:२५

काठमाडौं, १४ मंसिर । बाजुरा र स्याङ्जा २ मा रोकिएको...

मेयर बालेनपछि विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल एक्सनमा

मेयर बालेनपछि विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल एक्सनमा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:१८

  काठमाडौं, १४ मंसिर।  काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले...

९९ लाख ९३ हजार मतगणना हुँदा कुन दलको कति मत ?

९९ लाख ९३ हजार मतगणना हुँदा कुन दलको कति मत ?

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:०४

काठमाडौं, १४ मंसिर । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा...

कांग्रेस नेता नारायण खड्का उदयपुर १ बाट निर्वाचित

कांग्रेस नेता नारायण खड्का उदयपुर १ बाट निर्वाचित

वि.सं.२०७९ मंसिर १४ बुधवार ०३:५३

  काठमाडौं, १४ मंसिर । परराष्ट्रमन्त्री एवं कांग्रेस नेता नारायण खड्का...

कतार फिफा विश्वकप: इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा

कतार फिफा विश्वकप: इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०३:३९

काठमाडौं, १४ मंसिर ।क्रिस्टियन पुलिसिकको निर्णायक खेलमा इरानलाई १–० अन्तरले...