यी हुन् लाभांश घोषणा गर्ने लघुवित्त

वि.सं.२०७८ असोज ३ आइतवार

प्रेस चौतारा । नेप्सेमा हालसम्म सूचिकृत ५ ओटा लुघुवित्तले गत आ. व २०७७ र\७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांशको घोषणा गरेका छन् ।
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेका छन् ।
यी कम्पनीमध्ये सबैभन्दा धेरै साधना लघुवित्तले २६\३२ प्रतिशत र सबैभन्दा थोरै फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १०\५३ प्रतिशत लाभांश वितरण गर्न लागेको छ ।
१. साधना लघुवित्त वित्तीय संस्था लिमिटेड
कम्पनीको भदौ २४ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आ.व २०७७\७८ को मुनाफाबाट संस्थाका शेयरधनीलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १।३२ प्रतिशत नगद गरी कुल २६।३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
२. स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड
कम्पनीको भदौ २२ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आ.व २०७७र७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ । संस्थाले जनकपुर लघुवित्तलाई प्राप्ति गरी गत असोज २५ गतेदेखि एकिकृत कारोबार गरेको हुनाले बोनसमा कर लाग्दैन ।
३. डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आ।व २०७७\७८ को मुनाफाबाट संस्थाका शेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १\०५३ प्रतिशत नगद गरी कुल २१\०५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
४. मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड
कम्पनीको साउन ३० गते शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ । संस्थाले आ.व २०७६\७७ र २०७७र७८ मा मर्जर तथा प्राप्ति कार्य सम्पन्न गरी दुई संस्था प्राप्ति गरी एकीकृत कारोबार शुरु गरेको हुँदा आयकर ऐन २०५८ बमोजिम शेयरधनीलाई बोनस वितरण गर्दा कर नलाग्ने भएकोले कर प्रयोजनको लागि नगद लाभांश भने छुट्याइएको छैन ।
५. फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड
कम्पनीको भदौ १९ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आ।व २०७७\७८ को मुनाफाबाट संस्थाका शेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०\५३ प्रतिशत नगद गरी कुल १०\५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
प्रकाशित समय : ०९:१९ बजे