सुनको मूल्य स्थिर, प्रतितोला ८८ हजार ६ सय ५० कायम

वि.सं.२०७८ असोज ३ आइतवार

प्रेस चौतारा । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत शुक्रबार भएको कारोबारको आधारमा आजको मूल्य स्थिर रहेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार १०० तोकिएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला रु ८९ हजार १०० मा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ६ सय ५० कायम गरिएको छ ।शुक्रबार तेजाबी सुन रु ८८ हजार ६५० मा कारोबार भएको थियो ।
प्रकाशित समय : १०:०४ बजे