आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा गिरावट

वि.सं.२०७८ असोज ७ बिहीवार

काठमाडौं । असोज ७ गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा गिरावट आएको छ ।आज छापावाल सुन ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन प्रति तोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदी प्रति तोला १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित समय : ०६:२८ बजे