नेपाल राष्ट्र बैंकले ३० अर्ब बराबरको रिपो जारी गर्दै

वि.सं.२०७८ असोज ७ बिहीवार

काठमाडौं । असोज ७ गते
नेपाल राष्ट्र बैंकले ३० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले आज सात दिन अवधिको रिपो जारी गर्न लागेको हो ।
बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्छ । वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले यही असोज १४ गते परिपक्व हुने रिपो बोलकबोलमार्फत खरीद गर्न सक्नेछन्।
प्रकाशित समय : ०८:१३ बजे