नेप्से ७३ अङ्कले घटेर २७ सय विन्दुभन्दा तल झर्यो

वि.सं.२०७८ असोज ११ सोमवार

काठमाडौं । असोज ११ गते
आइतवार ६१ अङ्कले घटेको शेयर बजार आज सोमवार पनि ७३ अङ्कले घटेको छ । सबै समूहको शेयर आरोलो लागेपछि नेप्से ७३ दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार ६ सय ८५ दशमलव ४३ विन्दुमा झरेको छ । ‘
क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ९४ अंकले घटेको छ । कारोबार रकम पनि आइतबारको तुलनामामा सुस्ताएको छ । बजार ठूलो अंकले घटे पछि बिक्री चाप पनि कम देखियो । जसको असर कारोबार रकममा परेको हो ।आज५ अर्ब १२ करोड ९ लाख ७३ हजार रुपैयाँको मात्रै कारोबार भएको छ । यसअघि आइतबार साढे ६ अर्बको शेयर किनबेच भएको थियो ।
प्रकाशित समय : ०९:५८ बजे