आज शेयर बजार उच्च अङ्कले घट्यो

वि.सं.२०७८ असोज १२ मंगलवार

काठमाडौं । असोज १२ गते
आज पनि शेयर बजार उच्च अङ्कले घटेको छ । आइतवार ६१ र सोमबार सोमवार ७३ अङ्कले घटेको नेप्से आज ७० दशमलव शून्य एक अङ्कले घटेर दुई हजार ६ सय १५ दशमलव ४० विन्दुमा झरेको हो ।आज पनि कारोबार भएका सबै समूहको शेयर घटेकोमा फाइनान्स, जलविद्युत्, विकास बैंक र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
दुई सय १८ वटा कम्पनीको शेयर कारोबार भएकोमा १५ वटाबाहेक सबै कम्पनीको शेयर घटेको छ ।आज हिमालय पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर्स र गुराँस फाइनान्सको शेयर १० प्रतिशत घटेको छ ।
समग्र बजार घटे पनि मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।आज एक करोड ३० लाख ३५ हजार कित्ता शेयर पाँच अर्ब ७४ करोड ५४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै कुमारी बैंकको १८ करोड ८२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
प्रकाशित समय : ०९:४८ बजे