back

जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन सक्दैन –अर्थमन्त्री शर्मा

काठमाडौं । मंसिर १२ गते
अर्थमन्त्री जनार्दन शर्माले जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन नसक्ने बताएका छन्।शनिबार रुकुम पश्चिमको चौरजहारी, सानीभेरी, बाँफिकोट र आठविसकोटमा आयोजित विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकास आयोजनास्थलका स्थानीय जनताको सहयोगको आवश्यकता औंल्याएका हुन्।

चौरजहारीमा विमानस्थलको स्तरोन्नति र भेरी नदीमा जलविद्युत बनाउने योजना सुनाउनुहुँदै उनले जग्गाको भाउ नमिलाएसम्म ती काम गर्न सम्भव नहुने बताए। मन्त्री शर्माले शनिबार चौरजहारी अस्पतालमा स्थापना भएको अक्सिजन प्लान्टको उद्घाटन गरेका थिए। उनले सानीभेरी गाउँपालिकामा सम्पन्न अस्पताल भवनको शिलान्यास गरेका हुन्।

यस्तै शनिबार नै आठविसकोटमा स्थापना गरिएको १५ सैय्याको नगर अस्पताल भवन उद्घाटन गरेका हुन्।नेकपा माओवादी केन्द्रको बाँफिकोट र आठविसकोट दोस्रो नगर सम्मेलनको अवसरमा आयोजित जनसभाहरूलाई सम्बोधन गर्दै पार्टीका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख समेत रहेका मन्त्री शर्माले रुकुम जिल्लालाई समाजवादको आधार बनाउने प्रतिबद्धता दोहोर्‍याएका थिए।


विपत् व्यवस्थापन गर्न तीनवटै तहका सरकारको आपसी सहकार्य आवश्यक छ –प्रधानमन्त्री देउवा

विपत् व्यवस्थापन गर्न तीनवटै तहका सरकारको आपसी सहकार्य आवश्यक छ –प्रधानमन्त्री देउवा

वि.सं.२०७८ माघ २ आइतवार ०९:१८

काठमाडौं । माघ २ गते विपत् व्यवस्थापन गर्न तीनवटै तहका...

पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर आफू ‘सक’ भएको पर्यटनमन्त्री आलेको भनाई

पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर आफू ‘सक’ भएको पर्यटनमन्त्री आलेको भनाई

वि.सं.२०७८ माघ २ आइतवार ०७:३०

काठमाडौं । माघ २ गते पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला...

सोमबार बस्ने भनिएको राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

सोमबार बस्ने भनिएको राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

वि.सं.२०७८ माघ २ आइतवार ०७:१६

काठमाडौं । माघ २ गते सोमबार बस्ने भनिएको संघीय संसद्...

आज नेप्से परिसुचक २९ सयको बिन्दुमा उक्लियो

आज नेप्से परिसुचक २९ सयको बिन्दुमा उक्लियो

वि.सं.२०७८ माघ २ आइतवार ०६:५८

काठमाडौं । माघ २ गते आज कारोबारको पहिरो दिन नेपाल...

युवाहरुद्वारा वीरगन्जमा राजधानी माग्दै मुख्यमन्त्री घर अगाडि प्रदर्शन

युवाहरुद्वारा वीरगन्जमा राजधानी माग्दै मुख्यमन्त्री घर अगाडि प्रदर्शन

वि.सं.२०७८ माघ २ आइतवार ०६:५३

काठमाडौं । माघ २ गते आज बिहान प्रदेश २को स्थायी...

आज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दुई खेलहरु हुँदै

आज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दुई खेलहरु हुँदै

वि.सं.२०७८ माघ २ आइतवार ०६:३१

काठमाडौं । माघ २ गते आज सहिद स्मारक ‘ए’ डिभिजन...