सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार

वि.सं.२०८० वैशाख ११ सोमवार

काठमाडौं, वैशाख ११ गते । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ। आइतबार तोलामा ९ सय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँ घटेको छ । आज छापावाला सुन प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, आज चाँदीको मूल्य २० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित समय : ०६:०० बजे