सेयर बजार १९.११ अंकले ओरालो लाग्यो

वि.सं.२०८० वैशाख १७ आइतवार

काठमाडौं, १७ वैशाख । आज सेयर बजार ओरालो लागेको छ । आज नेप्से सूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा आएर रोकिएको छ । ९५ करोड ४३ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । नेप्से सूचकमा २६ कम्पनीमा उकालो लगेको र १८९ कम्पनीमा ओरालो लगेको छ भने ४ कम्पनीको स्थिर रहेको छ ।
यस्तै, सेन्सेटिभ इन्डेक्सम करिब ३ अकले घटेर ३५८.१४ बिन्दुमा आएको छ । आज ३२ लाख ६ हजार ४५० कित्ता सेयर किनबेच भएको छ । त्यस्तै, एनएमबी सुलभ इन्भेस्टमेन्ट र ८.५ प्रतिशत प्रभु बैंक डेबेन्चरको ३ प्रतिशतले मुल्य वृद्धि भएको छ ।
यता, सिवम सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । यसको आज ४ करोड २५ लाख भन्दा बढीको कारोबार भएको छ । यता नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ करोड ५७ लाखको कारोबार भएको छ । आज सबै उपसूचकहरु राताम्मै भएको छ ।
प्रकाशित समय : ०९:५१ बजे