back

आजदेखि प्रि–बजेटका बारेमा प्रारम्भिक छलफल सुरु

काठमाडौं, २५ बैशाख । आजदेखि तीन दिनसम्म प्रि–बजेटका बारेमा छलफल हुने भएको छ । हिजो बसेको प्रतिनिधिसभा कार्य ब्यवस्था समितिको बैठकले उक्त निर्णय गरे अनुसार आजबाट प्रि–बजेटका बारेमा छलफल हुनेछ ।जसअनुसार बैशाख २५ देखी २८ गतेसम्म प्रि–बजेटका बारेमा छलफल हुने नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले जानकारी दिएका छन् ।

उनका अनुसार प्रि–बजेटमाथि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल गरिने र छलफलको अन्तिम दिन अर्थात बैशाख २७ गते अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिने गरी कार्यतालिका तय भएको छ ।

संवैधानिक ब्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्व सन्ध्यामा राजनीतिक दलहरूले प्रि बजेटका बारेमा छलफल सुरु गरेका छन । गत बुधबार बसेको नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठकमा पनि सो बारेमा प्रारम्भिक छलफल भएको थियो ।

शुक्रवार र शनिवार बसेको गठबन्धनको बैठकमा सरकारको आगामी बजेट तथा नीति तथा कार्यक्रमका बारेमा शीर्ष नेताका बिचमा प्रारम्भिक चरणका छलफल भइसकेको छ । उनीहरु यतिखेर सरकारका प्राथमिकताका बारेमा छलफल गरिरहेका छन् ।


प्रधानमन्त्री दाहाल नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षी लेखीले गरिन् स्वागत

प्रधानमन्त्री दाहाल नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षी लेखीले गरिन् स्वागत

वि.सं.२०८० जेठ १७ बुधवार १०:४८

काठमाडौं, १७ जेठ । भारतको चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री...

नागरिकता विधेयक प्रमाणीकरण हुँनु स्वागतयोग्य, तर प्रक्रिया मिलेनः मनिष झा

नागरिकता विधेयक प्रमाणीकरण हुँनु स्वागतयोग्य, तर प्रक्रिया मिलेनः मनिष झा

वि.सं.२०८० जेठ १७ बुधवार १०:२७

काठमाडौं, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता (पहिलो...

एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक

वि.सं.२०८० जेठ १७ बुधवार १०:१४

काठमाडौं, १७ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले...

कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान

कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान

वि.सं.२०८० जेठ १७ बुधवार १०:००

विराटनगर, १७ जेठ । कोशी प्रदेश नामांकनको विरोधमा आन्दोलन चर्किरहेका...

२८ कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले राख्यो कालोसूचीमा

२८ कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले राख्यो कालोसूचीमा

वि.सं.२०८० जेठ १७ बुधवार ०९:१२

काठमाडौं, १७ जेठ । २८ निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई सार्वजनिक...

आयोजनाको मर्मतपछि मेलम्चीको पानी काठमाडौँ पठाइयो

आयोजनाको मर्मतपछि मेलम्चीको पानी काठमाडौँ पठाइयो

वि.सं.२०८० जेठ १७ बुधवार ०९:०२

काठमाडौं, १७ जेठ । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ...