back

तामाकोसी पाँचौं जलविद्युत आयोजनामा लगानी जुट्यो, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

काठमाडौं, ८ वैशाख । दोलखाको बिगु गाउँपालिकामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोसी पाँचौं जलविद्युत आयोजनाको लगानी जुटेको छ । निर्माण अवधिको ब्याजसहित २१ अर्ब १४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले १३ अर्ब ७४ करोड ऋण लगानी गर्ने भएको छ ।

जनताको जलविद्युत कार्यक्रममा समावेश आयोजनाको बाँकी रकम सर्बसाधारणलाईसमेत सेयर निश्कासन गरी स्वपुँजी (इक्विटी) बाट जुटाइने छ । आयोजनामा ६५ प्रतिशत ऋणबाट र ३५ प्रतिशत इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गरिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेतको उपस्थितिमा आइतबार नेपाल विद्युत प्राधिकरण, आयोजनाको प्रवद्र्धक तामाकोसी जलविद्युत कम्पनी र कर्मचारी सञ्चय कोषबीच त्रिपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कोषका प्रशासक जितेन्द्र धिताल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विनोद भण्डारीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सबैका लागि, समृद्धिका लागि र स्वच्छ वातावरणका लागि हरित ऊर्जा नेपालको सम्भावना र आवश्यकता रहेको उल्लेख गर्दै कार्यक्रममा मन्त्री बस्नेतले यसका लागि जलविधुतको उत्पादन बढाउने, प्रसारण तथा प्रणालीका पूर्वाधार विस्तारमा काम भइरहेको बताए ।

बस्नेतले खपत बढाउन र देशभित्र खपत गरी अतिरित्त भएको विद्युत् निर्यातका लागि बजार सुनिश्चितका लागि प्रयासहरु भइरहेको उल्लेख गर्दै उनले आयोजना तोकिएकै समय र लागतमा सम्पन्न गरी विकास निर्माणमा ढिला हुँदा उठ्ने प्रश्नको जवाफ दिनुपर्ने बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालमा उत्पादन भएको विद्युत् यहीं खपत गरी बढी भएको निर्यात गर्न बजार सुनिश्चित हुँदै गएको बताएका छन् ।  भारत र बंगलादेश नेपालमा उत्पादित विद्युत खरिदका लागि आतुर रहेको बताउँदै घिसिङले ती देशहरुमा विद्युत बिक्री गर्दा वर्षायामको बिद्युतको राम्रो दर पाउने अवस्था बन्दै गएको उल्लेख गरेका छन् ।

प्रशासक धितालले जलविद्युत क्षेत्रमा करिब आठ सय मेगावाटका आयोजनाहरुमा ४० अर्ब रुपैयाँभन्दा बढी  कोषले लगानी गरेको जानकारी दिए । उनका अनुसार  निर्धारित समय र लागतमा निर्माण सम्पन गरी आयोजनालाई नमुना बनाउनु पर्नेछ ।

कम्पनीका सिइओ भण्डारीले आयोजनाको निर्माण चार बर्ष भित्र सम्पन्न गर्ने लक्ष्यकासाथ काम भइरहेको जानकारी दिए ।

तामाकोसी पाँचौं ४५६ मेगावाटको  मेगावाटको माथिल्लो तामाकोसीको जलविद्युत आयोजनाबाट विद्युत उत्पादनपछि निस्किएको पानीलाई उपयोग गरी निर्माण हुन लागेको क्यास्केड आयोजना हो ।  त्यसैले तामाकोसी पाँचौले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचनाहरु बनाउनु नपर्ने भएकोले आयोजनालाई आकर्षक मानिएको छ ।

माथिल्लो तामाकोसीको विद्युत गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने सिभिल संरचनाको निर्माण भइसकेको छ । हाइड्रो मेकानिकल काम बाँकी रहेको छ । आयोजनाले ८ किलोमिटर सुरुङ, विद्युत गृह, करिब २ किलोमिटर २२० केभी प्रसारण लाइनलगायतका मुख्य संरचना निर्माण गर्नुपर्ने छ ।

आयोजना निर्माणका लागि निर्माण व्यवसायी छनौटका लागि टेण्डर प्रक्रियामा रहेको छ । विस्तृत डिजाइन र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) स्वीकृत भइसकेका छन् भने आयोजना निर्माणमा आवश्यक पर्ने करिब १३३ रोपनी निजी जग्गा अधिग्रहण गरिसकिएको छ ।

आयोजनाबाट वार्षिक रुपमा ४९ करोड ५१ लाख युनिट बिद्युत उत्पादन हुने छ । माथिल्लो तामाकोसीमा रोलवालिङ खोला मिसाएपछि आयोजनाबाट उत्पादन हुने विद्युत बृद्धि भई ५४ करोड ३५ लाख युनिट पुग्ने छ । आयोजनाबाट उत्पादित बिद्युत खरिद बिक्रीका लागि प्राधिकरण र कम्पनीबीच सम्झौता भइसकेको छ ।


बाग्मती प्रदेश सभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथी छलफल गर्ने

बाग्मती प्रदेश सभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथी छलफल गर्ने

वि.सं.२०८० जेठ १७ बुधवार ०४:१३

  हेटौंडा, १७ जेठ । आज बागमती प्रदेशसभा बैठक बस्दैछ...

रेशमको आममाफीविरुद्धको मुद्धामा सर्वोच्चमा आज सुनुवाइ हुँदै

रेशमको आममाफीविरुद्धको मुद्धामा सर्वोच्चमा आज सुनुवाइ हुँदै

वि.सं.२०८० जेठ १७ बुधवार ०४:०६

काठमाडौं, १७ जेठ । टीकापुर नरसंहारमाका दोषी ठहर पूर्वसांसद रेशम...

भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएकोमा अध्यक्ष ओलीको आपत्ति

भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएकोमा अध्यक्ष ओलीको आपत्ति

वि.सं.२०८० जेठ १६ मंगलवार १०:२४

काठमाडौं, १६ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा...

सन्दीप लामिछानेको न्यायका लागि माइतीघरमा युवाहरुको प्रदर्शन (फोटो फिचर)

सन्दीप लामिछानेको न्यायका लागि माइतीघरमा युवाहरुको प्रदर्शन (फोटो फिचर)

वि.सं.२०८० जेठ १६ मंगलवार १०:०८

काठमाडौं, १६ जेठ । क्रिकेटर सन्दीप लामिछाने न्यायका लागि युवाहरुले...

रातो कितावमा भए पनि कतिपय योजना वक्तव्यमा छुटेका छन्ः अर्थमन्त्री महत

रातो कितावमा भए पनि कतिपय योजना वक्तव्यमा छुटेका छन्ः अर्थमन्त्री महत

वि.सं.२०८० जेठ १६ मंगलवार ०९:४९

काठमाडौं, १६ जेठ । बजेटमा व्यवस्था भएका कतिपय योजना वक्तव्यमा...

पाँचौं संस्करणको ‘सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड हुँने

पाँचौं संस्करणको ‘सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड हुँने

वि.सं.२०८० जेठ १६ मंगलवार ०९:३९

काठमाडौं, १६ जेठ । पाँचौं संस्करणको ‘सहारा ग्रुप सगरमाथा म्युजिक...