back

तरकारी तथा फलफुलको मूल्य

काठमाडौ, ४ असार । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सोमबार नेपाली गोलभेडा (ठुलो) ३३ रुपैयाँ ६० पैसा, ठुलो गोलभेडा (भारतीय) र तराई परवर ४५ रुपैयाँ, सानो गोलभेडा (टनेल) ८ रुपैयाँ, रातो आलु ४४ रुपैयाँ, मुडेको रातो आलु ३९ रुपैयाँ ३३ पैसा, सेतो आलु ३४ रुपैयाँ, लोकल गोलभेडा १०५ रुपैयाँ रहेको छ ।

यस्तै, लोकल बन्दा १२ रुपैयाँ ४० पैसा, स्थानीय काउली, सखरखण्ड, मालदह आँप र हरियो खुर्सानी ७५ रुपैयाँ, ज्यापु स्थानीय काउली ९६ रुपैयाँ ६७ पैसा, रातो मूला ३६ रुपैयाँ ६७ पैसा, लोकल सेतो मूला ९ रुपैयाँ ५० पैसा, लाम्चो भन्टा ३२ रुपैयाँ ५० पैसा तोकिएको छ ।

तने बोडी, लोकल परवर र लौका ५५ रुपैयाँ, मकै बोडी ४६ रुपैयाँ ६७ पैसा, लोकल घिउ सिमी २५ रुपैयाँ, हाइब्रीड घिउ सिमी ३६ रुपैयाँ ६७ पैसा, टाटे सिमी ९६ रुपैयाँ, भटमासकोशा ११० रुपैयाँ, तितो करेला ३४ रुपैयाँ, चिचिण्डो, घिरौला, स्कूस, डल्लो हरियो फर्सी र माछे हरियो खुर्सानी ३५ रुपैयाँ, झिगूनी ४३ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।

यसैगरी, पाकेको फर्सी ४८ रुपैयाँ ३३ पैसा, लाम्चो हरियो फर्सी ३० रुपैयाँ, सलगम ७६ रुपैयाँ ६७ पैसा, भिण्डी र रातो बन्दा ६५ रुपैयाँ, सलगम ७६ रुपैयाँ ६७ पैसा, रायोको साग ३६ रुपैयाँ ६७ पैसा, पालूगो साग १०३ रुपैयाँ ३३ पैसा, मेथी, सौफ र चमसूरको साग १०५ रुपैयाँ, तोरीको साग २७ रुपैयाँ ५० पैसा, हरियो प्याँज ८६ रुपैयाँ ६७ पैसा, बकूला १५५ रुपैयाँ, कन्य च्याउ १५६ रुपैयाँ रहेको छ ।

यसैगरी, डल्ले च्याउ ३२४ रुपैयाँ, कुरीलो २८३ रुपैयाँ ३३ पैसा, न्यूरो ८६ रुपैयाँ ६७ पैसा, सजिवन ८५ रुपैयाँ, जिरीको साग ५६ रुपैयाँ ६७ पैसा, सेलरी १३५ रुपैयाँ, पार्सले २३५ रुपैयाँ, पुदीना १३५ रुपैयाँ, इमली १३६ रुपैयाँ ६७ पैसा, तोफु १०६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २७५ रुपैयाँ कायम गरिएको छ ।

उता फूजी स्याउ २९३ रुपैयाँ ३३ पैसा, केरा १६४ रुपैयाँ, अनार ४२५ रुपैयाँ, हरियो तरबुजा ४२ रुपैयाँ ५० पैसा, मौसम १९० रुपैयाँ, जुनार २१० रुपैयाँ, भुई कटहर प्रतिगोटा १९३ रुपैयाँ ३३ पैसा, रुख कटहर ७० रुपैयाँ, लोकल लिच्ची १३५ रुपैयाँमा किनबचे भइरहेको छ भने किवि र आभोकाडो ६५० रुपैयाँ, अदुवा ३१२ रुपैयाँ, अकबरे खुर्सानी १९० रुपैयाँ, भेडे खुर्सानी ५४ रुपैयाँ, हरियो लसुन ८६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन २३५ रुपैयाँ, नेपाली सुकेको लसुन १६५ रुपैयाँ, सुकेको छ्यापी १२६ रुपैयाँ ६७ पैसा, रहु माछा ३२१ रुपैयाँ ६७ पैसा, छडी र बचुवा माछा २५० रुपैयाँ र मुंगरी ताजा माछा ३३३ रुपैयाँ ३३ पैसा तोकिएको छ ।


मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

वि.सं.२०८० असोज ९ मंगलवार ०५:५८

काठमाडौ, ९ असोज । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन...

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

वि.सं.२०८० असोज ९ मंगलवार ०५:१६

काठमाडौ, ९ असोज । एसियाडको जुडो खेलमा नेपालको यात्रा मंगलबार...

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

वि.सं.२०८० असोज ९ मंगलवार ०४:५५

काठमाडौ, ९ असोज । एनएलजी इन्स्याेरेन्स कम्पनीले हकप्रद सेयर निष्कासनका लागि...

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

वि.सं.२०८० असोज ९ मंगलवार ०४:४७

काठमाडौ, ९ असोज । सिटिजन्स बैंकले असोज १७ गतेदेखि ३ अर्ब...

मणीपुरमा इन्टरनेट खुल्ला हुने बितिक्कै दुई विद्यार्थीका शवको तस्विर भाइरल

मणीपुरमा इन्टरनेट खुल्ला हुने बितिक्कै दुई विद्यार्थीका शवको तस्विर भाइरल

वि.सं.२०८० असोज ९ मंगलवार ०४:३६

काठमाडौ, ९ असोज । हिंसा प्रभावित देशको उत्तरपूर्वी राज्य मणिपुरमा...

आजको तरकारी तथा फलफूलकाे मूल्य, घिराैला ५० रूपैयाँ

आजको तरकारी तथा फलफूलकाे मूल्य, घिराैला ५० रूपैयाँ

वि.सं.२०८० असोज ९ मंगलवार ०४:२५

काठमाडौ, ९ असोज । कालिमाटी फलफूल तथा तरकारी बजार विकास...