back

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरमा दरखास्त दिने समय थप गरियो

काठमाडौ, १० असार । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरेको छ । यसमा अब असार २५ गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि कम्पनीले असार १० गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सकिने जनाएको थियो ।

तर, उक्त समयमा मागअनुसार आवेदन नपरेकाले यस कम्पनीले हकप्रद सेयरमा आवेदन दिने समय थप गरेको हो । हिमाल दोलखाले जेठ २२ गतेदेखि ७५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो ।

यसले १ः०.७५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर जारी गरेको छ । जसअनुसार यस कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ । हकप्रद सेयरको लागि यस कम्पनीले वैशाख २७ मा बुक क्लोज गरेको थियो । तसर्थ, वैशाख २६ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् ।

यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता उच्च जोखिममा रहेको संकेत गर्दछ । कम्पनीको हकप्रद सेयरमा लक्ष्मी क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।

हकप्रदमा लक्ष्मी क्यापिटल तथा हिमाल दोलखा हाइड्रोपावर र लक्ष्मी बैंकको इलाम शाख कार्यालयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।


बेइजिङ जाँदै प्रधानमन्त्री दाहाल, नेपाल–चीन व्यापार सम्मेलनलाई सम्बोधन गर्ने

बेइजिङ जाँदै प्रधानमन्त्री दाहाल, नेपाल–चीन व्यापार सम्मेलनलाई सम्बोधन गर्ने

वि.सं.२०८० असोज ७ आइतवार ०३:५०

काठमाडौं, ७ असोज । चीन भ्रमणमा क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल...

बोल्न नसक्ने बालिका बलात्कार गर्ने वृद्ध पक्राउ

बोल्न नसक्ने बालिका बलात्कार गर्ने वृद्ध पक्राउ

वि.सं.२०८० असोज ७ आइतवार ०३:४०

काठमाडौं, ७ असोज । बोल्न नसक्ने बालिकालाई जबरजस्ती करणी गरेको...

काँक्रो खानुका फाइदाः तौल घटाउनदेखि कब्जियत हटाउनसम्म

काँक्रो खानुका फाइदाः तौल घटाउनदेखि कब्जियत हटाउनसम्म

वि.सं.२०८० असोज ७ आइतवार ०३:३४

काठमाडौं, ७ असोज । गर्मीमा काँक्रो खाने हो भने तौल...

शिल्पा शेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

शिल्पा शेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

वि.सं.२०८० असोज ७ आइतवार ०३:२९

काठमाडौं, ७ असोज । शिल्पा शेट्टीको फिल्म सुखी शुक्रबारबाट हलमा...

चीनका सामुन्द्रिक युद्धतोपहरु फिलिपिन्सको सिमामा पुगेपछि सुरु भयो तनाब

चीनका सामुन्द्रिक युद्धतोपहरु फिलिपिन्सको सिमामा पुगेपछि सुरु भयो तनाब

वि.सं.२०८० असोज ७ आइतवार ०३:२०

काठमाडौं, ७ असोज ।  फिलिपिन्सले विवादित दक्षिण चीन सागर क्षेत्रमा...

नेपाली सेनाका प्रधानसेनापति शर्मा आज भारत जाँदै

नेपाली सेनाका प्रधानसेनापति शर्मा आज भारत जाँदै

वि.सं.२०८० असोज ७ आइतवार ०३:१०

काठमाडौं, ७ असोज । प्रधानसेनापति प्रभुराम शर्मा आज भारत प्रस्थान...