साङ्गे विद्युत कम्पनीको हकप्रद सेयर बिक्री खुला

वि.सं.२०८० असार १९ मंगलवार

काठमाडौ, १९ असार । आजदेखि विद्युत कम्पनीले ८०० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँको दरले २३ लाख ६८ हजार १२२ कित्ता सेयर बिक्री बिक्री खुला गरेको हो । कम्पनीको जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले आजदेखि १ः८ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।
यसमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । दरखास्त फारम साङ्गे विद्युत कम्पनीको कार्यालय ब्लुस्टार कम्प्लेक्स, त्रिपुरेश्वरबाट प्राप्त गरी आवेदन भर्न सकिने कम्पनीले जनाएको छ । हाल कम्पनीको प्रतिकित्ता सेयरको दर ५० रुपैयाँ कायम भइसकेकोले आफ्नो सेयर संख्यालाई २ ले गुणा गरी हकप्रद सेयर भर्न कम्पनीले आग्रह गरेको छ ।
सेयरधनीले आफ्नो हक वा सो भन्दा बढी सेयर खरिद गर्न आवेदन दिन पाउने छन् । कबूल नगरिएको सम्पूर्ण हकप्रद सेयरहरु बढी सेयर खरिदका लागि आवेदन दिने सेयरधनीलाई वितरण गरिनेछ ।
प्रकाशित समय : ०८:१० बजे