प्रि–ओपन सेसनमा बढ्यो नेप्से सूचक

वि.सं.२०८० असार २० बुधवार

काठमाडौ, २० असार । प्रि–ओपन सेसनमा नेप्से सूचक १.६७ अंकले बढेको छ । यससँगै सूचक २०९०.३७ विन्दुमा आएको छ । ८ लाख २९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
२४ कम्पनीको १९ सय ५६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १३८ वटा कारोबार भएको हो । १५ कम्पनीको भाउ बढ्दा ७ वटाको भने मूल्य घटेको छ ।a
प्रकाशित समय : ०६:५३ बजे