back

सन नेपाल लाइफको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौ, १५ साउन । आज सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने  अन्तिम दिन हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले आज कार्यालय समयभित्र यस कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । सन नेपाल लाइफले १ साउनदेखि आईपीओ बिक्री खुला गरेको हो । यस इन्स्योरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३०५ ले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणलाई जारी गर्दै छ ।

त्यसमध्येबाट १० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरिएको हो । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा आईपीओ जारी गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । रेटिङ एजेन्सी केयर नेपालले सन नेपाल लाइफको आइपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आईपीओमा नेपाल एसबिआई मर्चोन्ट बैंकिङ बिक्री प्रबन्धक रहेको छ ।


यस्तो छ, आजको फलफूल तथा हरियो तरकारीको मूल्य

यस्तो छ, आजको फलफूल तथा हरियो तरकारीको मूल्य

वि.सं.२०८० असोज ७ आइतवार ०३:०४

काठमाडौं, ७ असोज । कालिमाटी फलफूल तथा तरकारी बजार विकास...

यसअघि स्थगित क्रिकेटर लामिछानेको मुद्धाको पेशी आज

यसअघि स्थगित क्रिकेटर लामिछानेको मुद्धाको पेशी आज

वि.सं.२०८० असोज ७ आइतवार ०३:००

काठमाडौं, ७ असोज । नावालिग बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप...

यस्तो छ, आज विदेशी मुद्रको विनिमय दर

यस्तो छ, आज विदेशी मुद्रको विनिमय दर

वि.सं.२०८० असोज ७ आइतवार ०२:५१

काठमाडौं, ७ असोज । नेपाल राष्ट्र बैंकले आजरका लागि विदेशी...

आज स्वदेश फर्कदै सभामुख घिमिरे

आज स्वदेश फर्कदै सभामुख घिमिरे

वि.सं.२०८० असोज ७ आइतवार ०२:४३

काठमाडौं, ७ असोज । सभामुख देबराज घिमिरे आज स्वदेश फर्कदैछन...

राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने

राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने

वि.सं.२०८० असोज ७ आइतवार ०२:३७

काठमाडौं, ७ असोज । राहातका शिक्षकहरुको आन्दोलन आज पनि हुने...

आजको मौसमः चार प्रदेशमा पानी पर्ने, दुइ प्रदेशमा हावाहुरी चल्ने

आजको मौसमः चार प्रदेशमा पानी पर्ने, दुइ प्रदेशमा हावाहुरी चल्ने

वि.सं.२०८० असोज ७ आइतवार ०२:२७

काठमाडौं, ७ असोज । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा...