back

साउन २८ गतेदेखि आइपीओ खुला गर्दै मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर

काठमाडौ, २० साउन । साउन २८ गतेदेखि मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ ।कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको २५५ अर्थात् १६ लाख ६० कित्ता र स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्दा बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्ता सहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो ।

यसमा कर्मचारीलाई ४० हजार कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख कित्ता सेयर छुट्याइएको छ । कम्पनीले यसअघि जारी पुँजी ८० करोड रुपैयाँको १०५ अर्थात ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको थियो भने २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो ।

यसमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ १० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

रेटिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल रहेको छ ।


एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

वि.सं.२०८० असोज ९ मंगलवार ०५:१६

काठमाडौ, ९ असोज । एसियाडको जुडो खेलमा नेपालको यात्रा मंगलबार...

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

वि.सं.२०८० असोज ९ मंगलवार ०४:५५

काठमाडौ, ९ असोज । एनएलजी इन्स्याेरेन्स कम्पनीले हकप्रद सेयर निष्कासनका लागि...

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

वि.सं.२०८० असोज ९ मंगलवार ०४:४७

काठमाडौ, ९ असोज । सिटिजन्स बैंकले असोज १७ गतेदेखि ३ अर्ब...

मणीपुरमा इन्टरनेट खुल्ला हुने बितिक्कै दुई विद्यार्थीका शवको तस्विर भाइरल

मणीपुरमा इन्टरनेट खुल्ला हुने बितिक्कै दुई विद्यार्थीका शवको तस्विर भाइरल

वि.सं.२०८० असोज ९ मंगलवार ०४:३६

काठमाडौ, ९ असोज । हिंसा प्रभावित देशको उत्तरपूर्वी राज्य मणिपुरमा...

आजको तरकारी तथा फलफूलकाे मूल्य, घिराैला ५० रूपैयाँ

आजको तरकारी तथा फलफूलकाे मूल्य, घिराैला ५० रूपैयाँ

वि.सं.२०८० असोज ९ मंगलवार ०४:२५

काठमाडौ, ९ असोज । कालिमाटी फलफूल तथा तरकारी बजार विकास...

इन्द्रजात्राका अवसरमा काठमाडौंका केही क्षेत्रमा सवारी आवागमन प्रभावित हुने

इन्द्रजात्राका अवसरमा काठमाडौंका केही क्षेत्रमा सवारी आवागमन प्रभावित हुने

वि.सं.२०८० असोज ९ मंगलवार ०४:२०

काठमाडौ, ९ असोज । काठमाडौं महानगरपालिकाले इन्द्रजात्रामा काठमाडौंका विभिन्न ठाउँको...