back

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ खुला

काठमाडौ, २३ साउन । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको मंगलबारबाट सर्वसाधारणलाई प्रिमियम भाउमा आईपीओ खुला भएको छ । यस इन्स्योरेन्सले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो ।

यसले प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँ दरमा १ करोड २० लाख कित्ता आइपीओ सर्वसाधारणमा ल्याएको हो । यसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला भइसकेको छ। त्यस्तै, ५ प्रतिशत (६ लाख कित्ता सेयर) कर्मचारी र ५ प्रतिशल (६ लाख कित्ता) सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

सर्वसाधारण लगानीकर्ताले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ ५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्ताका लागि आवेदन दिन पाइनेछ ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गरेको छ । रेटिङ एजेन्सी केयर नेपालले यस इन्स्योरेन्सको आईपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।

जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । केयर नेपालले २०८० असार ४ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८१ जेठ २८ गतेसम्म बाहल रहनेछ ।


एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

वि.सं.२०८० असोज ९ मंगलवार ०५:१६

काठमाडौ, ९ असोज । एसियाडको जुडो खेलमा नेपालको यात्रा मंगलबार...

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

वि.सं.२०८० असोज ९ मंगलवार ०४:५५

काठमाडौ, ९ असोज । एनएलजी इन्स्याेरेन्स कम्पनीले हकप्रद सेयर निष्कासनका लागि...

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

वि.सं.२०८० असोज ९ मंगलवार ०४:४७

काठमाडौ, ९ असोज । सिटिजन्स बैंकले असोज १७ गतेदेखि ३ अर्ब...

मणीपुरमा इन्टरनेट खुल्ला हुने बितिक्कै दुई विद्यार्थीका शवको तस्विर भाइरल

मणीपुरमा इन्टरनेट खुल्ला हुने बितिक्कै दुई विद्यार्थीका शवको तस्विर भाइरल

वि.सं.२०८० असोज ९ मंगलवार ०४:३६

काठमाडौ, ९ असोज । हिंसा प्रभावित देशको उत्तरपूर्वी राज्य मणिपुरमा...

आजको तरकारी तथा फलफूलकाे मूल्य, घिराैला ५० रूपैयाँ

आजको तरकारी तथा फलफूलकाे मूल्य, घिराैला ५० रूपैयाँ

वि.सं.२०८० असोज ९ मंगलवार ०४:२५

काठमाडौ, ९ असोज । कालिमाटी फलफूल तथा तरकारी बजार विकास...

इन्द्रजात्राका अवसरमा काठमाडौंका केही क्षेत्रमा सवारी आवागमन प्रभावित हुने

इन्द्रजात्राका अवसरमा काठमाडौंका केही क्षेत्रमा सवारी आवागमन प्रभावित हुने

वि.सं.२०८० असोज ९ मंगलवार ०४:२०

काठमाडौ, ९ असोज । काठमाडौं महानगरपालिकाले इन्द्रजात्रामा काठमाडौंका विभिन्न ठाउँको...