back

वर्षासँगै बढ्यो हरियो तरकारीको मूल्य, डल्ले च्याउ ३३० रुपैयाँ

काठमाडौं २८ साउन । पछिल्लो दिनमा लगातार वर्षा हुँदा तरकारीको मूल्य वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको सार्वजनिक गरेको मूल्य सूचीमा हरियो तरकारीको मूल्यमा वृद्धि भएको हो ।

सार्वजनिक मूल्य अनुसार च्याउ, गाजर, सागलगायतका हरियो तरकारीको मूल्य १० देखि ४० रुपैयाँसम्म प्रतिकेजी बढेको छ । आज रायो साग, हरियो प्याज, गाजर, रातो मूला, घिरौलाको मूल्य प्रतिकेजी १० रुपैयाँले बढेर आएको छ । तर, घिउ सिमीमा १० रुपैयाँ र लाम्चोभन्टामा प्रतिकेजी ५ रुपैयाँले मूल्य घटेको हो ।

बजारमा गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी १३० रुपैयाँ निर्धारण गरिएको छ । लोकल सानो गोलभेँडाको मूल्य भने स्थिर ६० रुपैयाँ रहेको छ । रातो आलुको न्यूनतम मूल्य ४८ रुपैयाँ, सुकेको प्याज भारतीय प्रतिकेजी ५६ रुपैयाँ र स्थानीय काउली ५० रुपैयाँ न्युनतम मूल्य निर्धारण गरिएको छ ।

त्यस्तै, कन्य च्याउमा प्रतिकेजी ४० रुपैयाँले भाउ बढेको छ । शनिबार १६० रुपैयाँ मूल्य रहेको सोहि च्याउ आज ४० रुपैयाँले बढर २०० पुगेको छ । गाजरको मूल्य प्रतिकेजी ११० रुपैयाँमा बिक्रि भएको छ भने घिउ सिमी लोकल ५०, मुला रातो ५०, भन्टा लाम्चो ३०, मकै बोडी ७०, भटमासकोशा ९० रुपैयाँ तोकिएको छ ।

तितो करेला ४०, लौका ४०, परवल ४४, घिरौला ३०, फर्सी पाकेको ५०,कन्ने च्याउ २००, डल्ले च्याउ ३३०, काँक्रो लोकल ४० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ । रायोको साग ९० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । तोरीको साग प्रतिकेजी ३० रुपैयाँ हुँदा हरीयो प्याज १०० रुपैयाँ न्युनतम मूल्य कायम रहेको छ ।

समितिका अनुसार फलफूलको मूल्य हिजोको तुलनामा स्थिर रहेको छ । आज केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य स्थिर प्रतिकेजी ३२० छ । कागती १३०, अनार ३००, आँप मालदह २२०, तरबुजा हरियो ७०, मौसम १६०, किवि ७००, मेवा ८० रुपैयाँ र नासपाति लोकल ७० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकिएको छ ।


नेपाल मुस्लिम संघको तेस्रो केन्द्रीय महाधिवेशन आजबाट सुरु

नेपाल मुस्लिम संघको तेस्रो केन्द्रीय महाधिवेशन आजबाट सुरु

वि.सं.२०८० असोज ७ आइतवार ०४:३६

काठमाडौं, ७ असोज । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम...

रुसी विदेश मन्त्रीको आरोप, ‘जेलन्स्की संसारभरबाट हतियार मागिरहेका छन्

रुसी विदेश मन्त्रीको आरोप, ‘जेलन्स्की संसारभरबाट हतियार मागिरहेका छन्

वि.सं.२०८० असोज ७ आइतवार ०४:११

काठमाडौं, ७ असोज । रुस र युक्रेन विरुद्ध संघर्ष जारी...

विक्की कौशलको फिल्म ‘द ग्रेट इन्डियन फेमिली’ सुपर फ्लप

विक्की कौशलको फिल्म ‘द ग्रेट इन्डियन फेमिली’ सुपर फ्लप

वि.सं.२०८० असोज ७ आइतवार ०४:०३

  काठमाडौं, ७ असोज । विक्की कौशल स्टारर कमेडी ड्रामा...

बेइजिङ जाँदै प्रधानमन्त्री दाहाल, नेपाल–चीन व्यापार सम्मेलनलाई सम्बोधन गर्ने

बेइजिङ जाँदै प्रधानमन्त्री दाहाल, नेपाल–चीन व्यापार सम्मेलनलाई सम्बोधन गर्ने

वि.सं.२०८० असोज ७ आइतवार ०३:५०

काठमाडौं, ७ असोज । चीन भ्रमणमा क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल...

बोल्न नसक्ने बालिका बलात्कार गर्ने वृद्ध पक्राउ

बोल्न नसक्ने बालिका बलात्कार गर्ने वृद्ध पक्राउ

वि.सं.२०८० असोज ७ आइतवार ०३:४०

काठमाडौं, ७ असोज । बोल्न नसक्ने बालिकालाई जबरजस्ती करणी गरेको...

काँक्रो खानुका फाइदाः तौल घटाउनदेखि कब्जियत हटाउनसम्म

काँक्रो खानुका फाइदाः तौल घटाउनदेखि कब्जियत हटाउनसम्म

वि.सं.२०८० असोज ७ आइतवार ०३:३४

काठमाडौं, ७ असोज । गर्मीमा काँक्रो खाने हो भने तौल...