प्रि–ओपन सेसनमा घट्यो नेप्से सूचक

वि.सं.२०८० साउन २८ आइतवार

काठमाडौं २८ साउन । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.६५ अंकले घटेको छ । योसँगै सूचक २०६५.४० अंकमा झरेको छ ।सेसन अवधिमा १९ कम्पनीका ३३ सय ४६ कित्ता सेयर किनबेच भएको छ । जसमा कुल ७१ पटक सेयर कारोबार भएको थियो ।
६ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।सेसनमा ६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
प्रकाशित समय : ०६:०२ बजे