back

५६.२१ प्रतिशतले घट्यो शिवम् सिमेन्ट्सको खुद नाफा

काठमाडौ, ३० साउन । शिवम् सिमेन्ट्सको खुद नाफामा उल्लेख्य मात्रामा गिरावट आएको छ ।गत आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा शिवमले ३० करोड २४ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा ५६.२१% थोरै हो । अघिल्लो आर्थिक वर्षमा यसले ६९ करोड ७ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असार मसान्तसम्म सञ्चालन आम्दानी १६.२८% ले घटेर ७ अर्ब ७५ करोड रुपैयाँमा आए पछि खुद नाफामा असर परेको हो । अघिल्लो वर्ष उक्त आम्दानी ९ अर्ब २६ करोड रुपैयाँ रहेको थियो । यसका साथै कम्पनीको वित्तीय लगात पनि अघिल्लो वर्षको ६ करोड ५३ लाख रुपैयाँबाट बढेर गत असार मसान्तसम्ममा ९ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।

तेस्रो त्रैमासभर महंगो बैंक ब्याजदर, तरलता संकुचन, विश्व बजारमा इन्धनको अत्याधिक मूल्य वृद्धिको प्रभाव र नेपाल विद्युत प्राधिकरणको अघोषित लोडसेडिङका कारण कम्पनीको समग्र उत्पादन लागत वृद्धि भएको शिवमको व्यवस्थापन पक्षले विश्लेषण गरेको छ । यसका साथै, विकास निर्माणमा आएको सिथिलता, नेपाल मागको तुलनामा सिमेन्टको उत्पादन अत्याधिक रहेका कारण बिक्री मूल्यमा आएको ह्रासलगायत कारणले कम्पनीको नाफा प्रभावित भएको रिपोर्टमा उल्लेख छ ।

हाल शिवमको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । यसको रिजर्भ कोषमा ३ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । सेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ जम्मा भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८७ पैसा (वार्षिक) रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ २३ पैसा छ ।



गायिका मिलन नेवारको ‘आँखा सँग’मा समीक्षा र कमल

गायिका मिलन नेवारको ‘आँखा सँग’मा समीक्षा र कमल

वि.सं.२०८० असोज ९ मंगलवार ०८:५२

काठमाडौं  । गायिका मिलन नेवार र  गायक आनन्द कार्कीको आँखा...

पोल्याण्ड पठाईदिने भन्दै ठगि गर्ने मेनपावर सञ्चालक पक्राउ

पोल्याण्ड पठाईदिने भन्दै ठगि गर्ने मेनपावर सञ्चालक पक्राउ

वि.सं.२०८० असोज ९ मंगलवार ०६:१९

काठमाडौ, ९ असोज । पोल्याण्ड पठाईदिन्छु भन्दै १२ लाख कुम्ल्याएका...

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

वि.सं.२०८० असोज ९ मंगलवार ०५:५८

काठमाडौ, ९ असोज । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन...

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

वि.सं.२०८० असोज ९ मंगलवार ०५:१६

काठमाडौ, ९ असोज । एसियाडको जुडो खेलमा नेपालको यात्रा मंगलबार...

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

वि.सं.२०८० असोज ९ मंगलवार ०४:५५

काठमाडौ, ९ असोज । एनएलजी इन्स्याेरेन्स कम्पनीले हकप्रद सेयर निष्कासनका लागि...

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

वि.सं.२०८० असोज ९ मंगलवार ०४:४७

काठमाडौ, ९ असोज । सिटिजन्स बैंकले असोज १७ गतेदेखि ३ अर्ब...