back

मीड सोलु हाइड्रोपावरको आइपीओमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौ, ३० साउन । आज मीड सोलु हाइड्रोपावरको आइपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आवेदन दिने अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साउन १४ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने यसमा (साउन २८ गते) सम्म आवेदन दिने ब्यवस्था रहेको थियो ।

यस हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १०५ अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको हो । यसआधारमा १ सय अंकित मूल्यमा ७ लाख ४८ हजार ४ सय कित्ता सेयर स्थानीयलाई भएको हो । योमध्ये ५ लाख ६१ हजार ३ सय कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. ३,४,५,६, ७ र ११ का बासिन्दालाई निष्कासन गरेको हो ।

त्यस्तै, १ लाख ८७ हजार १ सय कित्ता सेयर आयोजना प्रभावित सोलुखुम्बु जिल्लामा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि निष्कासन गरेको छ । यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘इक्रा एनपी डबल बी प्लसइस्यूअर रेटिङ’ प्रदान गरेको छ ।

स्थानीयले यस आयोजनाको आयोजना स्थल, एनआइसी एसिया बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।


मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

वि.सं.२०८० असोज ९ मंगलवार ०५:५८

काठमाडौ, ९ असोज । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन...

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

वि.सं.२०८० असोज ९ मंगलवार ०५:१६

काठमाडौ, ९ असोज । एसियाडको जुडो खेलमा नेपालको यात्रा मंगलबार...

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

वि.सं.२०८० असोज ९ मंगलवार ०४:५५

काठमाडौ, ९ असोज । एनएलजी इन्स्याेरेन्स कम्पनीले हकप्रद सेयर निष्कासनका लागि...

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

वि.सं.२०८० असोज ९ मंगलवार ०४:४७

काठमाडौ, ९ असोज । सिटिजन्स बैंकले असोज १७ गतेदेखि ३ अर्ब...

मणीपुरमा इन्टरनेट खुल्ला हुने बितिक्कै दुई विद्यार्थीका शवको तस्विर भाइरल

मणीपुरमा इन्टरनेट खुल्ला हुने बितिक्कै दुई विद्यार्थीका शवको तस्विर भाइरल

वि.सं.२०८० असोज ९ मंगलवार ०४:३६

काठमाडौ, ९ असोज । हिंसा प्रभावित देशको उत्तरपूर्वी राज्य मणिपुरमा...

आजको तरकारी तथा फलफूलकाे मूल्य, घिराैला ५० रूपैयाँ

आजको तरकारी तथा फलफूलकाे मूल्य, घिराैला ५० रूपैयाँ

वि.सं.२०८० असोज ९ मंगलवार ०४:२५

काठमाडौ, ९ असोज । कालिमाटी फलफूल तथा तरकारी बजार विकास...