back

जीवन बिमा कम्पनीहरुले ६५ प्रतिशतले बढाए मुनाफा, कुनको अवस्था कस्तो छ ?

काठमाडौ, ४ भदौ । सञ्चालनमा रहेका १२ वटा जीवन बिमा कम्पनीहरुले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेका छन् । रिपोर्टअनुसार जीवन बिमा कम्पनीहरुको नाफा गत वर्षको अन्तिम त्रैमाससम्ममा ६५.३५ प्रतिशतले बढेर ३ अर्ब ६८ करोड २३ लाख १४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यिनीहरुले २ अर्ब २२ करोड ६९ लाख रुपैयाँ नाफा कमाएका थिए ।

पुनर्बिमा कमिसन, लगानी तथा अन्य स्रोतबाट हुने आम्दानी बढेका कारण खुद नाफामा सुधार देखिएको हो । साथै, कतिपय कम्पनीहरुले मर्ज भएर एकीकृत कारोबार सुरु गरेका छन् । जसले गर्दा पनि वित्तीय विवरण सबल देखिएको हो ।

त्यस्तै, जीवन बिमा कम्पनीहरुको समग्र चुक्ता पुँजी पनि ३८ अर्ब ५६ करोड ७४ लाख ८६ हजार रुपैयाँबाट बढेर ५० अर्ब ९६ करोड ३९ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको भन्दा ३२.१४ प्रतिशतले धेरै हो ।

यता, जगेडा कोषको आकार पनि ३२.१६ प्रतिशतले बढेको छ । समग्रमा १२ जीवन बिमा कम्पनीको रिजर्भमा १२ अर्ब ८९ करोड २७ लाख रुपैयाँ रहेको छ । त्यस्तै, जीवम बिमा कोषको आकार पनि अघिल्लो वर्षको तुलनामा २२.६८ प्रतिशतले बढेर अहिले ५ खर्ब ३१ अर्ब ८५ करोड ७५ लाख रुपैयाँ पुगेको हो ।

यी कम्पनीहरुले समग्रमा १ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेका छन् । जुन अघिल्लो वर्षको भन्दा २.५३ प्रतिशत धेरै हो । समग्रमा हेर्दा नेपाल लाइफ, हिमालयन, सूर्यज्योति, आइएमई लाइफ इन्स्योरेन्सको वित्तीय अवस्था अरुको भन्दा राम्रो देखिएको छ ।


काठमाडौं महानगरपालिकाले माग्यो करारमा कर्मचारी

काठमाडौं महानगरपालिकाले माग्यो करारमा कर्मचारी

वि.सं.२०८० मंसिर १६ शनिवार ०२:२६

काठमाडौं । काठमाडौं महानगरले महानगरभित्रका गरिब घरपरिवार पहिचानका लागि तथ्यांक...

एक दिन लम्बियो हमास इजरायलबीचको युद्द बिराम

एक दिन लम्बियो हमास इजरायलबीचको युद्द बिराम

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:५१

काठमाडौं । हमास इजरायल बिचको युद्द बिराम एक दिन लम्बिएको...

निजी क्षेत्रको महत्वलाई संविधानले प्राथमिकताका साथ उल्लेख गरेको छ : सभामुख घिमिरे

निजी क्षेत्रको महत्वलाई संविधानले प्राथमिकताका साथ उल्लेख गरेको छ : सभामुख घिमिरे

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:४३

काठमाडौं । निजी क्षेत्र मुलुकको आर्थिक विकासको खम्बाका रुपमा रहेको...

शरणार्थी भुटानी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग

शरणार्थी भुटानी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:३२

काठमाडौं ।नक्कली शरणार्थी भुटानी प्रकरणमा थुनामा रहेका पुर्ब गृह मन्त्री...

हुन्डाई गाडीहरुको ‘अनबिटेबल एक्सचेन्ज’ अफर आजदेखि सुरु

हुन्डाई गाडीहरुको ‘अनबिटेबल एक्सचेन्ज’ अफर आजदेखि सुरु

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:५३

काठमाडौं । आजदेखि नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल...

लाभांश पारित गर्दै नबिल बैंक, बोलायो साधारणसभा

लाभांश पारित गर्दै नबिल बैंक, बोलायो साधारणसभा

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:४४

काठमाडौं ।नबिल बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्न...