आजको विदेशी मुद्राको विनिमयदर, घट्यो अमेरिकन डलरको भाउ

वि.सं.२०८० भदौ ७ बिहीवार

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकन आज डलरको खरिददर १३२ रूपैयाँ ०० पैसा र बिक्रीदर १३२ रूपैयाँ ६० पैसा तथा युराेपियन युरो एकको खरिददर १४२ रूपैयाँ ६५ पैसा र बिक्री दर १४३ रूपैयाँ २९ पैसामा खरिदबिक्री हुनेछ ।
बेलायती पाउण्ड एकको खरिददर १६३ रूपैयाँ ८७ पैसा र बिक्रीदर १६४ रूपैयाँ ६३ पैसामा काराेबार हुँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८४.७ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.९ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ २४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६८ पैसामा काराेबार हुनेछ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ८ पैसा र बिक्रीदर ९ रुपैयाँ १२ पैसा भाउ पाउँदा दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ८४ पैसा र बिक्रीदर ९ रूपैयाँ ८९ पैसा कायम गरिएकाे छ ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिददर ३६ रूपैयाँ १२ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३८ पैसामा खरिदबिक्री गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.१९ रुपैयाँ र बिक्रीदर ३५.३५ रुपैयाँमा, मलेसियन रिंगिट एकको खरिद दर २८.३५ रुपैयाँ रहेको छ भने बिक्रीदर २८.४८ रुपैयाँमा तथा कुवेती दिनार १ को खरिदमूल्य ४२७.९७ पैसा विक्रीदर ४२९.९२ पैसामा काराेबार गर्न सकिनेछ ।
प्रकाशित समय : ०४:२६ बजे