back

आईपीओ निष्कासन गर्दै श्रीनगर एग्रिटेक इण्डष्ट्रिज लिमिटेड

 

काठमाडौ, १३ भदौ । श्रीनगर एग्रिटेक इण्डष्ट्रिज लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजीको १३ प्रतिशतले हुन आउने १३ करोड रुपैयाँबराबरको आईपीओ ल्याउन लागेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १३ लाख कित्ता आईपीओ बिक्री गर्नेछ।

कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ। यसम्बन्धी सम्झौतापत्रमा श्रीनगर एग्रिटेकका तर्फबाट प्रबन्ध निर्देशक सतिशचन्द श्रेष्ठ र नबिल इन्भेस्टमेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका छन्।

श्रीनगर एग्रिटेक कम्पनी ऐन २०६३ बमोजिम कम्पनी रजिस्टारको कार्यालयमा बिधिवत दर्ता भई सञ्चालनमा रहेको छ। कम्पनीको रजिस्टार कार्यालय काठमाण्डौको टंगालमा रहेको छ। यो कम्पनी नेपालकै पहिलो आईएसओ ९००१ः२०१५ प्रमाणित एकीकृत कृषि व्यवसाय हो।

एग्रिटेक इन्डस्ट्रिजले कृषिअन्तर्गतको व्यवसाय सन् २००२ मा श्रीनगर एग्रो फार्मको स्थापनाबाट सुरु गरेको थियो। फार्मअन्तर्गत ह्याचरी तथा ब्रिडरबाट कुखुराको चल्ला उत्पादन गर्दै सन् २०१७ देखि श्रीनगर एग्रिटेक इन्डस्ट्रिज प्रालिबाट आवश्यक पर्ने दाना तथा आहारको उत्पादनको कार्य सुरु गर्दै कम्पनीले शुद्धोधन–४ रुपन्देहीमा दाना कारखाना, व्यावसायिक कृषि फार्म स्थापना गरेको छ र पाल्पाको तेल्घामा ब्रिडर फार्म सञ्चालनमा ल्याएको छ।

कम्पनीले व्यापार विस्तारको क्रममा बुटवलमा वधशालाको स्थापना गर्ने योजना गरेको छ। कम्पनीले भविष्यमा प्रशोधित मासु उपभोत्तामाझ ल्याउनका लागि प्रशोधन केन्द्र तथा शितभण्डारको स्थापना गर्ने योजना रहेको छ।

कम्पनीले श्रीकिसान इनोभेसन हवको माध्मयबाट किसानहरुको क्षमता अभिवृद्धि गर्नका लागि समय–समयमा तालिम प्रदान गर्नुका साथै आफ्ना ग्राहकलाई कृषिखेती, पशुपन्छी पालन तथा व्यवसायसँग सम्बन्धित अन्य कार्य र प्राविधिक सहयोग उपलब्ध गराउँदै आइरहेको छ।

उक्त सम्झौतामा नबिल इन्भेस्टमेन्ट बैंकिङले श्रीनगर एग्रिटेकको सेयर सार्वजनिक निष्कासनसम्बन्धी कार्य सम्पन्न गर्नका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएका छ। पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट सेयर निष्कासनका लागि अनुमति माग गरिने कम्पनीले जनाएको छ।


एनएमबी बैंक र एनआईसी एसिया बैंकले घटाए ब्याजदर

एनएमबी बैंक र एनआईसी एसिया बैंकले घटाए ब्याजदर

वि.सं.२०८० मंसिर २५ सोमवार ०७:१४

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेड र एनएमबी बैंक लिमिटेडले...

हलिउडका चलचित्रसँगै बाफ्टामा प्रतिष्पर्धा गरेर इतिहास बनाउँदै ‘गोर्खा वारियर’

हलिउडका चलचित्रसँगै बाफ्टामा प्रतिष्पर्धा गरेर इतिहास बनाउँदै ‘गोर्खा वारियर’

वि.सं.२०८० मंसिर २५ सोमवार ०७:०५

काठमाडौँ। नेपाली चलचित्र ‘गोर्खा वारियर’ले एकपछि अर्को इतिहास बनाइरहेको छ...

गाजामा तत्काल मानवीय राहत वितरण गर्न आह्वान डब्ल्यूएचओको आह्वान

गाजामा तत्काल मानवीय राहत वितरण गर्न आह्वान डब्ल्यूएचओको आह्वान

वि.सं.२०८० मंसिर २५ सोमवार ०६:५८

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजामा तत्काल मानवीय...

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले गर्यो लाभांश घोषणा

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले गर्यो लाभांश घोषणा

वि.सं.२०८० मंसिर २५ सोमवार ०६:१२

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ...

भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार

भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार

वि.सं.२०८० मंसिर २५ सोमवार ०६:०४

काठमाडौं । भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार भएको छ...

गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन धर्नामा रुपन्देहीका संघ संस्था तथा व्यवसायी

गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन धर्नामा रुपन्देहीका संघ संस्था तथा व्यवसायी

वि.सं.२०८० मंसिर २५ सोमवार ०५:४२

काठमाडौं । रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि...