back

एभरेष्ट बैंक र हिमालय दृश्य रिसोर्टबीच सम्झौता, १० प्रतिशतसम्म छुट

काठमाडौ, १३ भदौ । एभरेष्ट बैंक लिमिटेड र हिमालय दृश्य रिसोर्ट धुलिखेलबीच छुट सम्झौता भएको छ । योसँगै बैंकका सम्पूर्ण ग्राहकहरूले उक्त रिसोर्टमा १० प्रतिशतसम्मको छुट पाउने छन् ।सम्झौता पत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र रिसोर्टका बजार तथा बिक्री प्रबन्धक बबिता पाण्डेले हस्ताक्षर गरेका छन् ।

सम्झौता लागू भएसँगै बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा तीनका पारिवारिक सदस्यहरूले समेत विशेष छुटको लाभ लिन सक्ने बैंकले जनाएको छ ।सम्झौता पत्रमा हस्ताक्षर समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती, बजार विभागकी कर्मचारी एलिना कार्की तथा रिसोर्टका बजार विभागका कर्मचारी सौजन्य केसीकोसमेत उपस्थिति रहेको थियो ।

स्थापना कालदेखिनै ग्राहकहरूको पहिलो रोजाइमा रहेको एभरेष्ट बैंकमा हालसम्म करिब १२ लाख ग्राहक रहेका छन् । देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आएको बैंकले जनाएको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।


समिक्षकले ४ स्टार दिएको एनिमल कस्तो छ ?

समिक्षकले ४ स्टार दिएको एनिमल कस्तो छ ?

वि.सं.२०८० मंसिर १६ शनिवार ०३:२९

काठमाडौं एनमिलको ट्रेलर आएदेखि नै फिल्म नै हलचल भएको वातावरण...

‘सी फूड’ मा ज्योति विकास बैंकका ग्राहकले २७ प्रतिशतसम्म छुट पाउने

‘सी फूड’ मा ज्योति विकास बैंकका ग्राहकले २७ प्रतिशतसम्म छुट पाउने

वि.सं.२०८० मंसिर १६ शनिवार ०३:२१

काठमाडौं । ज्योति विकास बैंकले ग्राहकलाई ‘सी फुड’बाट माछा–मासु लगायतका...

मञ्जुश्री फाइनान्सले गर्यो लाभांश घोषणा

मञ्जुश्री फाइनान्सले गर्यो लाभांश घोषणा

वि.सं.२०८० मंसिर १६ शनिवार ०३:१३

काठमाडौं । मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट...

दक्षिण कोरियाले गर्यो जासुसी उपग्रहको सफलतापूर्वक प्रक्षेपण

दक्षिण कोरियाले गर्यो जासुसी उपग्रहको सफलतापूर्वक प्रक्षेपण

वि.सं.२०८० मंसिर १६ शनिवार ०२:५९

काठमाडौं । उत्तर कोरियाको बढ्दो आणविक खतराको बिच दक्षिण कोरियाले...

यस्ता छन् कालो अंगुर खानुका फाईदाहरु

यस्ता छन् कालो अंगुर खानुका फाईदाहरु

वि.सं.२०८० मंसिर १६ शनिवार ०२:५३

काठमाडौं । मानिसलाई बाच्नको लागि अति महत्वपूर्ण तत्व भनेको खाना...

काठमाडौं महानगरपालिकाले माग्यो करारमा कर्मचारी

काठमाडौं महानगरपालिकाले माग्यो करारमा कर्मचारी

वि.सं.२०८० मंसिर १६ शनिवार ०२:२६

काठमाडौं । काठमाडौं महानगरले महानगरभित्रका गरिब घरपरिवार पहिचानका लागि तथ्यांक...