एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना : सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

वि.सं.२०८० असोज ९ मंगलवार

एनएलजीइन्स्याेरेन्सले हाल कायम १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ चुक्ता पुँजीमा ६६ प्रतिशत (१०ः६.६ अनुपातमा) हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीलाई नियामक नेपाल बिमा प्राधिकरणले हकप्रद निष्कासन अनुमति दिइसकेको छ ।
यस्तै, कम्पनीले गत साउन १५ गतेको विशेष साधारण सभामार्फत हकप्रद सेयर प्रस्ताव पनि पारित गरिसकेको छ । हकप्रद सेयर बिक्रीपछि एनएलजीको चुक्ता पुँजी २ अर्ब ४२ करोड २३ लाख ९७ हजार ८१२ रुपैयाँ पुग्नेछ ।
प्रकाशित समय : ०४:५५ बजे