back

६७ ब्रोकर कम्पनी सञ्चालनमा आए : थप ७ वटा अन्तिम तयारीमा

काठमाडौ, १० असोज । दोस्रो बजारमा नयाँ ब्रोकरहरु थपिएसँगै हाल ६७ वटा ब्रोकरमार्फत सेयर कारोबार हुँदै आएको छ । नयाँ थपिएपछि पुराना ब्रोकर कम्पनीहरुले पनि थप प्रतिस्पर्धाको सामना गर्नुपरेको छ । तसर्थ, ब्रोकर कम्पनीहरुले नयाँ नयाँ योजना ल्याएर लगानीकर्तालाई आकर्षण गर्नुपर्ने एक किसिमको बाध्यता नै सिर्जना भएको छ । ब्रोकरहरु प्रतिस्पर्धी हुँदा लगानीकर्तालाई भने फाइदै हुने देखिन्छ ।

पुरानालाई सेवा सुविधा चुस्त र सहज बनाएर सेवाग्राहीलाई आफ्नै कम्पनीमा टिकाइ राख्न प्रयास गर्नुपर्ने देखिएको छ भने नयाँलाई ग्राहक आकर्षित गर्नुपर्ने चुनौती छ । धितोपत्र बोर्डले ३७ वटा नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको छ । जसमध्ये १७ वटाले कारोबार थालिसकेका छन् । अरु ७ वटा कारोबार सञ्चालनको अन्तिम तयारीमा रहेको नेप्सेले जानकारी गराएको छ ।

धितोपत्र बोर्डले ब्रोकर लाइसेन्सका लागि ४३ वटा कम्पनीलाई आसयपत्र दिएको थियो । आसयपत्र पाउनेमध्ये ३७ वटा कम्पनीलाई बोर्डले लाइसेन्स दिइसकेको छ । अब बोर्डबाट आसयपत्र पाएका मध्ये ६ वटा कम्पनीले लाइसेन्स पाउन बाँकी छ ।

यी कम्पनीले पनि आवश्यक पूर्वाधार पूरा गरेर बोर्डमा जानकारी गराएपछि अनुगमन गरेर बोर्डले क्रमिक रुपमा लाइसेन्स दिने धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले नेपाली पैसालाई बताए । उनले भने, ‘पूर्वाधार तयार भएको जानकारी बोर्डमा दिएपछि हामी अध्ययन गरेर क्रमिक रुपमा लाइसेन्स दिने छौं ।’


काठमाडौं महानगरपालिकाले माग्यो करारमा कर्मचारी

काठमाडौं महानगरपालिकाले माग्यो करारमा कर्मचारी

वि.सं.२०८० मंसिर १६ शनिवार ०२:२६

काठमाडौं । काठमाडौं महानगरले महानगरभित्रका गरिब घरपरिवार पहिचानका लागि तथ्यांक...

एक दिन लम्बियो हमास इजरायलबीचको युद्द बिराम

एक दिन लम्बियो हमास इजरायलबीचको युद्द बिराम

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:५१

काठमाडौं । हमास इजरायल बिचको युद्द बिराम एक दिन लम्बिएको...

निजी क्षेत्रको महत्वलाई संविधानले प्राथमिकताका साथ उल्लेख गरेको छ : सभामुख घिमिरे

निजी क्षेत्रको महत्वलाई संविधानले प्राथमिकताका साथ उल्लेख गरेको छ : सभामुख घिमिरे

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:४३

काठमाडौं । निजी क्षेत्र मुलुकको आर्थिक विकासको खम्बाका रुपमा रहेको...

शरणार्थी भुटानी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग

शरणार्थी भुटानी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:३२

काठमाडौं ।नक्कली शरणार्थी भुटानी प्रकरणमा थुनामा रहेका पुर्ब गृह मन्त्री...

हुन्डाई गाडीहरुको ‘अनबिटेबल एक्सचेन्ज’ अफर आजदेखि सुरु

हुन्डाई गाडीहरुको ‘अनबिटेबल एक्सचेन्ज’ अफर आजदेखि सुरु

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:५३

काठमाडौं । आजदेखि नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल...

लाभांश पारित गर्दै नबिल बैंक, बोलायो साधारणसभा

लाभांश पारित गर्दै नबिल बैंक, बोलायो साधारणसभा

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:४४

काठमाडौं ।नबिल बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्न...