back

सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज  अन्तिम दिन

 

काठमाडौ, १४ असोज । सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज  अन्तिम दिन हो ।साधारण सभा प्रयोजनका लागि असोज १५ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनि सक्नुपर्नेछ । यस बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ५.७९% नगद लाभांश (कर सहित)  वितरण गर्दैछ ।

 

सिटिजन्स बैंकले असोज २६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा अमृतभोग, कालिकास्थान डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । साथै, सभामा आर्थिक वर्ष २०७९–८० को संञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ । त्यस्तै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।


आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले गर्यो लाभांश घोषणा

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले गर्यो लाभांश घोषणा

वि.सं.२०८० मंसिर २५ सोमवार ०६:१२

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ...

भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार

भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार

वि.सं.२०८० मंसिर २५ सोमवार ०६:०४

काठमाडौं । भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार भएको छ...

गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन धर्नामा रुपन्देहीका संघ संस्था तथा व्यवसायी

गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन धर्नामा रुपन्देहीका संघ संस्था तथा व्यवसायी

वि.सं.२०८० मंसिर २५ सोमवार ०५:४२

काठमाडौं । रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि...

इरानको जेलमा रहेकी नर्गिस मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार प्रदान

इरानको जेलमा रहेकी नर्गिस मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार प्रदान

वि.सं.२०८० मंसिर २५ सोमवार ०५:३६

काठमाडौं । इरानको जेलमा रहेकी इरानी अभियन्ता नरगिस मोहम्मदीले यस...

ग्लोबल आईएमई लघुवित्तद्वारा लाभांश घोषणा

ग्लोबल आईएमई लघुवित्तद्वारा लाभांश घोषणा

वि.सं.२०८० मंसिर २५ सोमवार ०५:३१

काठमाडौं । ग्लोबल आईएमई लघुवित्तले सेयरधनीका लागि लाभांश घोषणा गरेको...

घट्यो सुनको भाउ, कति पुग्यो तोलाको ?

घट्यो सुनको भाउ, कति पुग्यो तोलाको ?

वि.सं.२०८० मंसिर २५ सोमवार ०५:२५

काठमाडौं । कारोबारको दास्रो दिन आजसुनको मूल्य ५ सय रुपैयाँले...