back

एनआइसी एसिया र एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौ, १५ असोज । एनआइसी एसिया र एभरेष्ट बैंक दुवैको भोलि मंगलबार असोज १६ गते बुक क्लोज हुने भएको छ ।यस आधारमा यी दुवै बैंकको लाभांश सुरक्षित गर्ने आज सोमबार असोज १५ गते अन्तिम दिन हो । आजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

जसका लागि एनआइसी एसिया बैंकले दसैंको घटस्थापनाको दिन असोज २८ गते साधारण सभा बोलाएको छ । सभामा बैंकले ३०.५२५ लाभांश वितरण प्रस्ताव पेश गर्नेछ । बैंकले गत वर्षको नाफाबाट २९५ बोनस सेयर र कर प्रयोजनका लागि १.५२५ नगद गरी कुल ३०.५२५ लाभांश दिने भएको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । सभा प्रयोजनका लागि बैंकले असोज १६ गते मंगलबारदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, आज सोमबार असोज १५ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । सभा, आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा असोज २८ गते बिहान ९ बजेबाट सुरु हुनेछ ।

उता, एभरेष्ट बैंकले पनि लाभांश प्रस्ताव पारित गर्न असोज ३० गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले १०५ बोनस सेयर र १०.५३५ नगद गरी कुल २०.५३५ लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले मंगलबार असोज १६ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, सोमबार असोज १५ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

साधारण सभा, लैनचौर ब्यांकेट, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । यस्तै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।

सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गर्नेछ । यस्तै, संस्थापक समूहबाट सञ्चालक समितिमा चयन भएका सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ ।


ब्रम्हास्त्र–२ मा जोडिए रणवीर सिंह

ब्रम्हास्त्र–२ मा जोडिए रणवीर सिंह

वि.सं.२०८० मंसिर २३ शनिवार ०९:२०

काठमाडौं । रणवीर कपूर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्रः...

बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्नु हुँदैन : अध्यक्ष ओली

बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्नु हुँदैन : अध्यक्ष ओली

वि.सं.२०८० मंसिर २३ शनिवार ०८:५०

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई...

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात सुरु, बढ्यो चिसो

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात सुरु, बढ्यो चिसो

वि.सं.२०८० मंसिर २३ शनिवार ०७:४१

काठमाडौं । मौसममा बदली आएसँगै उच्च पहाडी भेगमा हिमपात सुरु...

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री दाहाल

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री दाहाल

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:४३

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री...

जर्मन वैज्ञानिक बनाए विशेष प्रजातिको गहुँ, अब बर्षमा ६ पटक काटन सकिने

जर्मन वैज्ञानिक बनाए विशेष प्रजातिको गहुँ, अब बर्षमा ६ पटक काटन सकिने

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:१३

काठमाडौं । गहुँ एक यस्तो अन्न हो, जुन धेरै चीजहरूमा...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता

वि.सं.२०८० मंसिर २३ शनिवार ०५:४१

काठमाडौं । भारतीय प्रधानमन्त्री मोदी देशमा मात्र नभई विश्वभर निकै...