back

टोखा नगरपालिकाले एक सातामा उठायो ८५ लाख बढी कर

काठमाडौं, २० असोज । टोखा नगरपालिकाले एक सातामा ८५ लाख बढी कर संकलन गरेको छ । टोखा नगरपालिकाले असोज १४ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको कर सप्ताहको समापन कार्यक्रममा आज नगर प्रमुख प्रकाश अधिकारीले टोखा बासीले तिरेको करको दूरुपयोग नहुने दाबी गरेका छन् ।कर सप्ताहको समापनमा धेरै कर तिर्ने करदातालाई धन्यवाद दिदै नगरप्रमुख अधिकारीले नागरिकले तिरेको करको दूरुपयोग नगर्ने प्रतिबद्धता जनाए ।

उनले भने, ‘करको कुनै दूरुपयोग हुँदैन, तपाइँहरु वडा कार्यालय र नगरपालिका मार्फत गरेको कामलाई नजिकबाट नियाल्नुहोस् । यदी कँही करको दूरुपयोग भएको पाइयो भने कारबाही गर्न नगरप्रमुख हिजो पनि तयार थियो, आजपनि छ र भोलि पनि तयार रहने प्रतिबद्धता गर्छु । र यो टोखा बनाउने काममा हामी सबै जुट्नुनै कर लिनुको लक्ष्य हो ।’

नगरपालिकाले लामो समयसम्म कर नतिर्ने ठूला करदाता र नागरिकलाई ४० प्रतिशत सम्म करमा छुट दिएर एक सातासम्म बढी भन्दा बढी कर उठाउने प्रयास गरेको छ । जसमा नगरपालिकाले विभिन्न ११ वटा वडा कार्यालयमार्फत ८५ लाख,६८ हजार २ सय ७९ रुपैयाँ कर संकलन गरेको नगरप्रमुख अधिकारीले जानकारी दिए ।

नगरप्रमुख प्रकाश अधिकारीले करको सदूपयोग गरी नगरविकासलाई अगाडि बढाउन सहयोग पुग्ने धारणा राख्दै बाँकी रहेको कर तिर्न सबैलाई आग्रह गरे । साथै उनले नगरपालिकालाई सफा राख्ने कार्यमा नगरबासीको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै नगरबासीलाई नगरपालिकालाई सफा सुग्घर राख्न आग्रह समेत गरे ।


ब्रम्हास्त्र–२ मा जोडिए रणवीर सिंह

ब्रम्हास्त्र–२ मा जोडिए रणवीर सिंह

वि.सं.२०८० मंसिर २३ शनिवार ०९:२०

काठमाडौं । रणवीर कपूर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्रः...

बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्नु हुँदैन : अध्यक्ष ओली

बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्नु हुँदैन : अध्यक्ष ओली

वि.सं.२०८० मंसिर २३ शनिवार ०८:५०

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई...

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात सुरु, बढ्यो चिसो

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात सुरु, बढ्यो चिसो

वि.सं.२०८० मंसिर २३ शनिवार ०७:४१

काठमाडौं । मौसममा बदली आएसँगै उच्च पहाडी भेगमा हिमपात सुरु...

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री दाहाल

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री दाहाल

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:४३

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री...

जर्मन वैज्ञानिक बनाए विशेष प्रजातिको गहुँ, अब बर्षमा ६ पटक काटन सकिने

जर्मन वैज्ञानिक बनाए विशेष प्रजातिको गहुँ, अब बर्षमा ६ पटक काटन सकिने

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:१३

काठमाडौं । गहुँ एक यस्तो अन्न हो, जुन धेरै चीजहरूमा...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता

वि.सं.२०८० मंसिर २३ शनिवार ०५:४१

काठमाडौं । भारतीय प्रधानमन्त्री मोदी देशमा मात्र नभई विश्वभर निकै...