back

आजबाट अपर तामाकोशीको हकप्रद सेयरको आवेदन बन्द हुने

 

काठमाडौ, २२ असोज । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज सोमबार असोज २२ गते अन्तिम दिन हो । आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ ।

 

सीडीएसका अनुसार यसमा आइतबार असोज २१ गते साँझ ५ बजेसम्ममा २ लाख ६१ हजार ६१८ जना सेयरधनीले २ करोड ९१ लाख ५६ हजार ७७४ कित्ता हकप्रद सेयरमा आवेदन दिएका छन् । यसर्थ, अझै ७ करोड ६७ लाख ४३ हजार २२६ कित्ता हकप्रद सेयरमा आवेदन पर्न बाँकी रहेको छ ।

अपर तामाकोशीले भदौ १८ गतेदेखि १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । जसअनुसार १ सय रुपैयाँ अंकित मूल्यमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन खुला भएको छ । यस हकप्रद सेयरमा साउन २५ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद दाबी गर्न पाउनेछन् ।

यो हकप्रद सेयरमा नागरिक लगानी कोष र सनराइज क्यापिटलले बिक्री प्रबन्धकको जिम्मेवारी लिएका छन् । यस हकप्रदमा सनराइज क्यापिटल, नागरिक लगानी कोष कार्यालयबाट पनि आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

हाल यस कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । अपरले कर्जा तिर्न र २२ मेगावाटको रोल्वालिङ खोला निर्माण गर्न हकप्रद सेयरमार्फत रकम संकलन गर्न लागेको हो ।अपर हकप्रद सेयरमा समय थपेर आजसम्म कायम गरेको हो । थपिएको समय पनि अब आजबाट सकिंदैछ ।


आज बालाचतुर्दशी, यस्तो छ बालाचतुर्दशीसँग जोडिएको कथा

आज बालाचतुर्दशी, यस्तो छ बालाचतुर्दशीसँग जोडिएको कथा

वि.सं.२०८० मंसिर २५ सोमवार ०५:०२

काठमाडौं । बालाचतुरर्दशीको अवसरमा आज दिवङ्गत पितृको सद्गतिको कामना गर्दै...

सांग्रिला डेभलपमेन्ट बैंकले मनायो १९औं वार्षिक वार्षिकोत्सव

सांग्रिला डेभलपमेन्ट बैंकले मनायो १९औं वार्षिक वार्षिकोत्सव

वि.सं.२०८० मंसिर २५ सोमवार ०४:५४

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १९ औँ वार्षिक साधारणसभाले आर्थिक...

ग्लोबल आइएमई बैंकले एकैसाथ गर्यो ४ वटा नयाँ शाखा सञ्चालन

ग्लोबल आइएमई बैंकले एकैसाथ गर्यो ४ वटा नयाँ शाखा सञ्चालन

वि.सं.२०८० मंसिर २५ सोमवार ०४:४५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले एकैसाथ ४ वटा नयाँ...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

वि.सं.२०८० मंसिर २५ सोमवार ०४:३९

काठमाडौं । आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय...

एनिमल’ बन्यो दशौं दिनमा दोस्रो सर्वाधिक कमाउने फिल्म

एनिमल’ बन्यो दशौं दिनमा दोस्रो सर्वाधिक कमाउने फिल्म

वि.सं.२०८० मंसिर २५ सोमवार ०४:२९

काठमाडौं ।  रणवीर कपुर र बबी देओलको ‘एनिमल’ ले बक्स...

स्रोत नखुलेको २९ तोला सुन सहित दुई जना पक्राउ

स्रोत नखुलेको २९ तोला सुन सहित दुई जना पक्राउ

वि.सं.२०८० मंसिर २५ सोमवार ०३:५५

काठमाडौं । बर्दियामा २९.७६ तोला सुनसहित प्रहरीले दुई जनालाई पक्राउ...