सानिमा इक्विटी फन्डको नगद लाभांश खातामा जम्मा

वि.सं.२०८० असोज २३ मंगलवार

काठमाडौ, २३ असोज । सानिमा इक्विटी फन्डले आफ्ना इकाइधनीलाई नगद लाभांश वितरण गर्न सुरु गरेको छ ।फन्डले इकाइधनीलाई सोमबार असोज २२ गतेबाट बैंक खातामा नगद लाभांश पठाउन थालेको हो ।
यता, फन्डको योजना व्यवस्थापक सानिमा क्यापिटलले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइ धनीहरुलाई खाता अद्यावधिक गराउन भनेको छ ।
यसका लागि इकाइ धनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नु पर्नेछ । यसैगरी, हालसम्म हितग्राही खाता नखोलेकाले भने खाता खोलेर इकाई डिम्याट गर्नु पर्नेछ । खाता अद्यावधिक गरेपछि मात्र लाभांश जम्मा हुने एनआइएमबी एस क्यापिटलले जनाएको छ । आर्थिक वर्ष २०७९-८० को नाफाबाट फन्डले १८% नगद लाभांश (कर सहित) वितरण गरेको हो ।
प्रकाशित समय : ०५:१२ बजे