back

सोनापुर मिनरल्स एन्ड आयलको आईपीओ बाँडफाँट

काठमाडौ, २४ असोज । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओ बुधबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत १० लाख ३२ हजार १३२ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । यसरी बाँडफाँट गरिसकेपछि बाँकी रहेको ८ कित्ता सेयर भने सोही आवेदकहरुमध्ये ८ जनालाई १ कित्ताका दरले थप गरिएको छ । तसर्थ, १० लाख ३२ हजार १२४ जनाले १० कित्ता र ८ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् ।

यो आईपीओमा कुल १० लाख ४७ हजार ४५९ जनाले आवेदन दिएकामा १० लाख ४० हजार ७७० जनाको आवेदन मात्र योग्य भएको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले जानकारी गराएको छ । कम्पनीले असोज १४ गतेदेखि १८ गतेसम्म १०० अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँ दरले सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

यता, कम्पनीका कर्मचारीलाई छुट्याइएको ६ लाख ८ हजार २८४ कित्ता सेयरमध्ये कर्मचारीले १९ हजार ५०० कित्ताका लागि मात्र आवेदन दिएका थिए । कर्मचारीहरुले खरिद नगरेको ५ लाख ८८ हजार ७८४ कित्ता सेयर पनि थप गरेर कुल १ करोड ३ लाख २१ हजार ३२८ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट गरिएको बिक्री प्रबन्धकले जानकारी गराएको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, सोनापुर मिनरल्स एन्ड आयलको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ ।


आज बालाचतुर्दशी, यस्तो छ बालाचतुर्दशीसँग जोडिएको कथा

आज बालाचतुर्दशी, यस्तो छ बालाचतुर्दशीसँग जोडिएको कथा

वि.सं.२०८० मंसिर २५ सोमवार ०५:०२

काठमाडौं । बालाचतुरर्दशीको अवसरमा आज दिवङ्गत पितृको सद्गतिको कामना गर्दै...

सांग्रिला डेभलपमेन्ट बैंकले मनायो १९औं वार्षिक वार्षिकोत्सव

सांग्रिला डेभलपमेन्ट बैंकले मनायो १९औं वार्षिक वार्षिकोत्सव

वि.सं.२०८० मंसिर २५ सोमवार ०४:५४

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १९ औँ वार्षिक साधारणसभाले आर्थिक...

ग्लोबल आइएमई बैंकले एकैसाथ गर्यो ४ वटा नयाँ शाखा सञ्चालन

ग्लोबल आइएमई बैंकले एकैसाथ गर्यो ४ वटा नयाँ शाखा सञ्चालन

वि.सं.२०८० मंसिर २५ सोमवार ०४:४५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले एकैसाथ ४ वटा नयाँ...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

वि.सं.२०८० मंसिर २५ सोमवार ०४:३९

काठमाडौं । आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय...

एनिमल’ बन्यो दशौं दिनमा दोस्रो सर्वाधिक कमाउने फिल्म

एनिमल’ बन्यो दशौं दिनमा दोस्रो सर्वाधिक कमाउने फिल्म

वि.सं.२०८० मंसिर २५ सोमवार ०४:२९

काठमाडौं ।  रणवीर कपुर र बबी देओलको ‘एनिमल’ ले बक्स...

स्रोत नखुलेको २९ तोला सुन सहित दुई जना पक्राउ

स्रोत नखुलेको २९ तोला सुन सहित दुई जना पक्राउ

वि.सं.२०८० मंसिर २५ सोमवार ०३:५५

काठमाडौं । बर्दियामा २९.७६ तोला सुनसहित प्रहरीले दुई जनालाई पक्राउ...