back

५ रुपैयाँ दरका सिक्का निकाल्दै राष्ट्र बैङ्क

काठमाडौं, २८ असोज । नेपाल राष्ट्र बैङ्कले ५ रुपैयाँ दरका सिक्का निकाल्ने भएको छ। राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाका अनुसार १५ करोड थान सिक्का निकाल्ने प्रक्रिया अघि बढाइएको हो।

यसअघि राष्ट्र बैङ्कले १ र २ रुपैयाँ दरका सिक्का निकाल्दै आएको थियो। अब भने राष्ट्र बैङ्कले ५ रुपैयाँ दरका सिक्का निकाल्न लागेको हो। ५ रुपैयाँको सिक्काले ५ वर्षको माग धान्ने बैङ्कको विश्वास छ। ‘गाई चिह्न अङ्कित सिक्का निकाल्न सरकारले स्वीकृति दिइसकेको छ।

‘सिक्का निकाल्दा राष्ट्र बैङ्कले घाटा बेहोर्नुपर्छ तैपनि सर्वसाधारणको माग परिपूर्ति गर्न निकाल्ने गरेको राष्ट्र बैङ्कको भनाई छ,’ यो सँगै राष्ट्र बैङ्क २० र ५० रुपैयाँ दरका सिक्का पनि निकाल्ने योजनामा छ। ‘नोटहरू २ र ३ वर्षमा नै झुत्रो भएर जान्छन्। सिक्काको आयु २० देखि ३० वर्ष हुने मानिन्छ। त्यसैले सिक्कालाई प्राथमिकता दिन लागेको राष्ट्र बैङ्कको भनाई छ ।

सामान्यतया चाडबाडमा चलनचल्तीका सिक्काको तुलनामा सुनचाँदीका सिक्काको माग बढी हुन्छ। विशेष गरी तिहारमा धनतेरसका दिन सुनचाँदी भित्र्याए घरमा लक्ष्मीले बास गर्छिन् भन्ने जनविश्वास छ। यसलाई मध्यनजर गरी बैङ्कले यस पटक चाँदीका गाई छाप सिक्का निकालेको छ।


ब्रम्हास्त्र–२ मा जोडिए रणवीर सिंह

ब्रम्हास्त्र–२ मा जोडिए रणवीर सिंह

वि.सं.२०८० मंसिर २३ शनिवार ०९:२०

काठमाडौं । रणवीर कपूर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्रः...

बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्नु हुँदैन : अध्यक्ष ओली

बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्नु हुँदैन : अध्यक्ष ओली

वि.सं.२०८० मंसिर २३ शनिवार ०८:५०

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई...

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात सुरु, बढ्यो चिसो

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात सुरु, बढ्यो चिसो

वि.सं.२०८० मंसिर २३ शनिवार ०७:४१

काठमाडौं । मौसममा बदली आएसँगै उच्च पहाडी भेगमा हिमपात सुरु...

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री दाहाल

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री दाहाल

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:४३

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री...

जर्मन वैज्ञानिक बनाए विशेष प्रजातिको गहुँ, अब बर्षमा ६ पटक काटन सकिने

जर्मन वैज्ञानिक बनाए विशेष प्रजातिको गहुँ, अब बर्षमा ६ पटक काटन सकिने

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:१३

काठमाडौं । गहुँ एक यस्तो अन्न हो, जुन धेरै चीजहरूमा...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता

वि.सं.२०८० मंसिर २३ शनिवार ०५:४१

काठमाडौं । भारतीय प्रधानमन्त्री मोदी देशमा मात्र नभई विश्वभर निकै...