back

आजदेखि नयाँ नोट बजारमा, एक जनाले १८ हजार ५ सयसम्म साटन पाउने

काठमाडौं, २९ असोज । आजदेखि नयाँ नेपाली रुपैयाँ साटन पाइने भएको छ । नेपालीहरुको महान पर्व बडादशैँ, तिहार र छठलाई लक्षित गरेर आजदेखि नयाँ नोट साटन पाइने भएको हो ।

जसका लागि नेपाल राष्ट्र बैङ्कले आजदेखि नयाँ नोट सटही सुविधा सर्वसाधारणलाइ दिँदैछ । जसअनुसार नेपाल राष्ट्र बैङ्कले काठमाण्डौ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत् नयाँ नोट सटही गर्ने सुविधा दिएको हो ।

उता, काठमाण्डौ उपत्यका बाहिरको हकमा भने राष्ट्र बैङ्कको प्रदेशस्थित कार्यालय वा बिभिन्न वाणिज्य बैङ्कका शाखा कार्यालयमा गएर नयाँ नोट साट्न सकिने गरी व्यवस्था मिलाएको छ ।

राष्ट्र बैङ्कले हरेक वर्ष दशै‌ अगाबै चाडबाडको अवसरमा नयाँ नोट सटहीको सुविधा सर्वसाधारणलाइ दिँदै आएको छ । यस वर्ष पनि अघिल्ला वर्षहरुमा जस्तै ५, १०, २०, ५० र एकसय रुपैयाँका नोट साट्ने व्यवस्था मिलाएको राष्ट्र बै‌ंकले जनाएको छ । प्रति ब्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको बव्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।


नेपाल सुपर लिग, आज ललितपुर र बिरगञ्जबीच खेल हुँदै

नेपाल सुपर लिग, आज ललितपुर र बिरगञ्जबीच खेल हुँदै

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:२३

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा आज दुई टोलीबीच...

आजको मौसमः उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात र वर्षाको सम्भावना

आजको मौसमः उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात र वर्षाको सम्भावना

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:१५

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको साथै भारतको  उत्तर प्रदेशको आसपासमा...

एनसेलको सेयर बिक्रीबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

एनसेलको सेयर बिक्रीबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:०५

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको मुलुकबाहिरै ८० प्रतिशत...

सिटिजन लाइफ इन्स्योरेन्सले गर्यो नयाँ बोनसदर सार्वजनिक

सिटिजन लाइफ इन्स्योरेन्सले गर्यो नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८० मंसिर १८ सोमवार ०९:२५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ...

विशेष अदालतका न्यायधिसहरूले लिए पद तथा गोपनीयताको सपथ

विशेष अदालतका न्यायधिसहरूले लिए पद तथा गोपनीयताको सपथ

वि.सं.२०८० मंसिर १८ सोमवार ०८:३७

काठमाडौं । विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले पद तथा...

भारतीय वायुसेनाको विमान दुर्घटना, दुई पाइलटको मृत्यु

भारतीय वायुसेनाको विमान दुर्घटना, दुई पाइलटको मृत्यु

वि.सं.२०८० मंसिर १८ सोमवार ०८:११

काठमाडौं । भारतीय वायुसेनाको एक ट्रेनर विमान तेलगंनामा दुर्घटना हुँदा...