back

प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दै मारुती सिमेन्ट्स लिमिटेड

काठमाडौं, २९ असोज । प्रिमियम मूल्यमा मारुती सिमेन्ट्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। प्रिमियममा आईपीओ ल्याउने विशेष प्रस्ताव पारित गर्न मारुती सिमेन्ट्सले आफ्नो २९ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो कात्तिक २१ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा विराटनगरस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

सभाले कम्पनीमा हाल कायम ३० लाख थान अग्राधिकार सेयरलाई साधारण सेयरमा परिणत गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सञ्चालक समितिले प्रस्ताव गरेको बोनस सेयर वितरण गर्ने र त्यसपछि हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ।

अग्राधिकार सेयर कायम, बोनस सेयर वितरण र हकप्रद निष्कासनपछि कायम हुने अधिकृत, जारी र चुक्तापुँजीबमोजिम नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। नयाँ संशोधित नियमावली र प्रबन्धपत्रमा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने अजेन्डा सभाले स्वीकृत गर्नेछ।


ब्रम्हास्त्र–२ मा जोडिए रणवीर सिंह

ब्रम्हास्त्र–२ मा जोडिए रणवीर सिंह

वि.सं.२०८० मंसिर २३ शनिवार ०९:२०

काठमाडौं । रणवीर कपूर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्रः...

बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्नु हुँदैन : अध्यक्ष ओली

बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्नु हुँदैन : अध्यक्ष ओली

वि.सं.२०८० मंसिर २३ शनिवार ०८:५०

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई...

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात सुरु, बढ्यो चिसो

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात सुरु, बढ्यो चिसो

वि.सं.२०८० मंसिर २३ शनिवार ०७:४१

काठमाडौं । मौसममा बदली आएसँगै उच्च पहाडी भेगमा हिमपात सुरु...

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री दाहाल

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री दाहाल

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:४३

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री...

जर्मन वैज्ञानिक बनाए विशेष प्रजातिको गहुँ, अब बर्षमा ६ पटक काटन सकिने

जर्मन वैज्ञानिक बनाए विशेष प्रजातिको गहुँ, अब बर्षमा ६ पटक काटन सकिने

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:१३

काठमाडौं । गहुँ एक यस्तो अन्न हो, जुन धेरै चीजहरूमा...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता

वि.सं.२०८० मंसिर २३ शनिवार ०५:४१

काठमाडौं । भारतीय प्रधानमन्त्री मोदी देशमा मात्र नभई विश्वभर निकै...