back

साल्ट ट्रेडिंगले खुद्रा व्यापारीलाई १० बोरा चिनी दिने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको निरन्तर पहलपछि साल्ट ट्रेडिंगले खुद्रा व्यापारीलाई दश बोरासम्म चिनी दिने भएको छ । बजारमा चिनीको हाहाकार भएपछि प्रधानमन्त्री कार्यालयले चिनी उत्पादक उद्योगहरुसँग समन्वय गर्दै तीन हजार मेट्रिक टन चिनी साल्ट ट्रेडिंग मार्फत किन्ने प्रबन्ध गरेको थियो ।

यसका साथै अवैधरुपमा भित्रिएको चिनीको खोजतलास गर्न उपत्यकाका तीनवटै जिल्लामा सुरक्षा निकायसँग समन्वय गरी विशेष अनुगमन टोली परिचालित गरिएका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको समन्वयमा सबै निकायका प्रतिनिधि सम्मिलित उच्चस्तरीय अनुगमन टोलीले टोलीले राजधानी काठमाडौंका बिभिन्न स्थानमा अवैधरुपमा पठाइएका सयौं बोरा चिनी बरामद गरेको थियो ।

उद्योगीबाट किनिएको चिनी साल्ट ट्रेडिंगले आफ्ना आउटलेट, खुद्रा विक्रेता संघ अन्तर्गतका केही पसल तथा खाद्य संस्थानबाट मात्रै बिक्रि वितरण गरेपनि उपभोक्ताले लामो लाइन लाग्नुपर्ने अवस्था भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको समन्वयमा सबै खुद्रा व्यापारिले समेत दश बोरा चिनी बिक्रि वितरणका लागि किन्न पाउने भएका छन् ।

यो चिनी प्रतिकिलो ११५ रुपैयाँमा उपभोक्ताले किन्न पाउनेछन् । व्यापारीले तोकिएका निर्धारित मूल्यभन्दा बढीमा बेचेको खण्डमा भने कारवाही हुने छ । खुद्रा व्यापारी तथा व्यवसायीहरुले आजदेखि साल्ट ट्रेडिंगको कालिमाटी शाखा र भोलीदेखि कोटेश्वर शाखाबाट चिनी किन्न पाउनेछन् ।


हलिउडका चलचित्रसँगै बाफ्टामा प्रतिष्पर्धा गरेर इतिहास बनाउँदै ‘गोर्खा वारियर’

हलिउडका चलचित्रसँगै बाफ्टामा प्रतिष्पर्धा गरेर इतिहास बनाउँदै ‘गोर्खा वारियर’

वि.सं.२०८० मंसिर २५ सोमवार ०७:०५

काठमाडौँ। नेपाली चलचित्र ‘गोर्खा वारियर’ले एकपछि अर्को इतिहास बनाइरहेको छ...

गाजामा तत्काल मानवीय राहत वितरण गर्न आह्वान डब्ल्यूएचओको आह्वान

गाजामा तत्काल मानवीय राहत वितरण गर्न आह्वान डब्ल्यूएचओको आह्वान

वि.सं.२०८० मंसिर २५ सोमवार ०६:५८

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजामा तत्काल मानवीय...

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले गर्यो लाभांश घोषणा

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले गर्यो लाभांश घोषणा

वि.सं.२०८० मंसिर २५ सोमवार ०६:१२

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ...

भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार

भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार

वि.सं.२०८० मंसिर २५ सोमवार ०६:०४

काठमाडौं । भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार भएको छ...

गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन धर्नामा रुपन्देहीका संघ संस्था तथा व्यवसायी

गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन धर्नामा रुपन्देहीका संघ संस्था तथा व्यवसायी

वि.सं.२०८० मंसिर २५ सोमवार ०५:४२

काठमाडौं । रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि...

इरानको जेलमा रहेकी नर्गिस मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार प्रदान

इरानको जेलमा रहेकी नर्गिस मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार प्रदान

वि.सं.२०८० मंसिर २५ सोमवार ०५:३६

काठमाडौं । इरानको जेलमा रहेकी इरानी अभियन्ता नरगिस मोहम्मदीले यस...